लायन्स क्लव अफ काठमाडौं अल्पाइनको लायन्स ब्रान्डीग तथा साप्ताहिक सरसफाई ९औं हप्तामा
कपन अनलाइन
काठमाडौं मङ्सिर १४लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं अल्पाइनले राजधानी काठमाडौंमा सरसफाई अभियान लाइ निरन्तरता दिदै आएको छ । “Lions Branding & Weekly Street Cleaning Awareness” कार्यक्रम अन्तर्गत सांस्कृतिक सम्पदाको संरक्षण तथा सम्बर्धन गर्ने उदेश्य सहित साप्ताहिक सरसफाई अभियान ९औं हप्ता सम्म आइपुगेको हो।
जसं अन्तर्गत आज बिहान मैतिदेबी मन्दिर परिसर क्षेत्रको सरसफाई गरिएको थियो भने सोहि कार्यक्रममा लायन्स क्लबले अघि सारेको छाला दान सम्बन्धि जनचेतना समेत जगाइएको थियो। उक्त कार्यक्रम बाट ४ जना स्थानीय बासीले छाला दान गर्न मन्जुरी गरेको लायन्स क्लब अफ काठमाडौँ अल्पाइन का प्रेसिडेन्ट ध्रुब पोखरेलले कपन अनलाइन लाइ बताए ।
उक्त कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ अल्पाइन का प्रेसिडेन्ट ध्रुब पोखरेल, लायन सुरेश डंगोल लायन महेश श्रेष्ठ, लायन मन्दर शिखर बेनर्जी, लायन उमेश श्रेष्ठ तथा क्लब सेक्रेटरी लायन दिपा नेपाल, लायन गोपाल धिताल, स्काई लिमिटका प्रेसिडेन्ट महेश पन्डीत लगायत क्लबका पदाधिकारी र मैतिदेवी मन्दिर संरक्षण समितिका अध्यक्ष राजाराम कपाली, सहित स्थानियबासीको सहभागिता रहेको थियो ।
त्यसै गरि अर्को हप्ता को सरसफाई कार्यक्रम मंगसिर २१ गते शनिबार बिहान ८ बजे “रामचन्द बहाल” डिल्लिवजार चोक परिसर क्षेत्रको सर सफाई गरिने र २०१९ डिसेम्बर १ देखि २०१९ डिसेम्बर ७ सम्मलाइ DG Service Week को रुपमा डिस्ट्रीक्ट भरिका सम्पुर्ण क्लबहरु मार्फत बृहत सर्भिसको कार्यक्रम गर्ने आहवान भए अनुसार त्यसै अनुरुप सोहि दिन सोहि स्थानमा “रक्त दान” कार्यक्रम समेत गर्न लागिएको हुदा उक्त कार्यक्रममा सहभागी हुनको लागि समेत लायन्स क्लब अफ काठमाडौँ अल्पाइन का प्रेसिडेन्ट ध्रुब पोखरेलले अनुरोध गरेका छन ।
लायन्स क्लब विश्वमा नै सामाजिक कार्यको लागि अग्रणी स्थानमा रहेको र नेपालमा पनि लायन्स क्लबले बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको र सो कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं अल्पाइन ले सक्रिय भूमिका खेल्दै आएको संस्थाका प्रेसिडेन्ट पोखरेलले बताए ।