कागेश्वरी मनोहरा नगरपालिका- १ को उपभोक्ता समिति गठन सम्बन्धि सूचना
कपनअनलाइन
काठमाडौं,मंसिर ३।कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ को कार्यालयले सार्वजनिक सूचना जारि गरेको छ।
वडाअध्यक्ष मुकुन्द प्रसाद गजुरेलद्वारा हस्ताक्षरित उक्त सूचना मार्फत काठमाडौं उपत्यका विकास प्राधिकरणबाट विनियोजित रु ७,००,०००/(सात लाख ) बाट सातघट्टे पीपल डाँडा निर्माण कार्य गर्न उपभोक्ता समिति गठन गर्नुपर्ने भएकोले मिति २०७६/०८/०४ गते बुधबार बिहानको ७:०० बजे पिपल डाँडा चौतारीमा समाजसेवी, शिक्षक, बुद्धिजीवी बर्ग लगायत सम्बन्धित सबै निकायलाई उपस्थित हुनको लागि यसै सूचना मार्फत अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया ।