नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दक्षिणकाली नगर कमिटीले पूर्णता पायो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दक्षिणकाली नगर कमिटीले पूर्णता पायो

कपन अनलाइन 

काठमाडौं कार्तिक २७। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दक्षिणकाली नगर कमिटीले पूर्णता पाएको छ । नेकपा काठमाडौं जिल्लाले दक्षिणकाली नगर कमिटीलाई पूर्णता दिएको हो । काठमाडौं भित्रका ९ नगर मध्ये पहिलो नगर कमिटीको पूर्णता पाउनेमा दक्षिणकाली रहेको छ । जिल्लाले नगर कमिटीमा ८१ सदस्यीय नगर कमिटी र २७ सदस्यीय नगर सचिवालय चयन गरेको हो ।

सोमवार फर्पिङमा नगर कमिटीले आयोजना गरेको प्रथम बैठकले ९ वटै वडा अध्यक्ष र सचिवको समेत टुङ्गो लगाएको छ ।नेकपाका प्रदेश ३ सहइन्चार्ज हितमान शाक्य, नेकपा काठमाडौं जिल्ला इन्चार्ज सावित्रा भुसाल, नेकपा केन्द्रीय सदस्य एवम् काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राई, नेकपा काठमाडौं जिल्ला सचिव हिमाल शर्मा लगाएतको उपस्थीतीमा कार्यक्रम सम्पन्न भएको थियो । नयाँ चयन भएका वडा कमिटी अध्यक्ष र सचिवलाई नेता शाक्यले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष कृष्ण राईले मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा सम्पूर्ण नेता कार्यकर्ता आ– आफ्नो ठाउँबाट कटिबद्ध भएर लाग्न निर्देशन दिए । दक्षिणकाली वडा ३ मा हुन लागेको अध्यक्ष पदको उपनिर्वाचनमा नगर कमिटीले ध्यान दिदै पार्टीका कार्यक्रम र योजनालाई जनातमाझ पुर्याउनुपर्ने  बताए । उनले जनताका समस्या र आवाजलाई नगर कमिटीले सुल्झयाउँदै अगाडी बढ्नु पर्ने धारणा राखे ।

फोटो  विकास चालिसे

तपाइँको प्रतिक्रिया ।