हरीबोधनी एकादशी मेला अनि बुढानिलकण्ठ नगरको शक्ति मोह

हरीबोधनी एकादशी मेला अनि बुढानिलकण्ठ नगरको शक्ति मोह

कपन अनलाइन

काठमाडौं , कार्तिक २४/ बद्री भट्टराई

विहानको ४ बजेको हुँदो हो, पवित्र तिर्थस्थलको यात्रा मेरा लागि सौभाग्यको कुरा हो । जन्म तिथिको दिन आमा–बाबा अनि भाई संग भगवानको चरणमा पुग्न पाउनु सन्तानको भाग्य पनि हो । पछिल्लो ४ वर्ष देखी म निरन्तर बुढानिलकण्ठ मन्दिरमा पुग्ने गरेको छु ।

यो पवित्र दिनमा आफ्नो जन्म तिथि पर्ने भएको हुनाले पनि म सदैव पुग्ने गरेको थिएँ । केहि वर्ष अगाडीको मेरो तिर्थ यात्रामा मैले सायद धेरै विषयहरुमा ध्यान दिने गरेको थिइन । किनकी भगवानको चरणमा जाने तिर्थालुको कार्य भनेको भगवानको चरण स्पर्ष गर्नु हो ।

तर यस वर्ष म घरबाट निस्कदा अरु धेरै विषयहरु बोकेर उक्त पावन क्षेत्रमा पुगेको थिएँ, किनकी आज मेरो नगरपालिकाले सोहि मेलालाई आफ्नो अस्तित्व संग जोडर सार्वजैनिक विदा समेत दिएको थियो ।

नगरपालिकाकले उक्त विदा किन र के का लागि दिएको हो नगरपालिकाले नै स्पष्ट पार्नु पर्नेछ , तर मेरो बुझाई बुढानिलकण्ठ भगवानको नाम संग जोडिएको नगरपालिकाले सोहि मेला र पर्वलाई भव्य मनाउने तयारी गरेर नै विदा दिएको हो ।
मेरो बुझाईमा त्यतिबेला झट्का लाग्यो जतिवेला म बुढानिलकण्ठ मन्दिरको केहि तल पार्किङ्ग भनेर छुट्याईको स्थान पुगेँ , विहानको ४ बजेको हुँदो हो । पाकिङ्ग स्थल अन्धकार छ , सामान्य रुपमा सम्याउन समेत समय नपुगेको जस्तो देखियो । पार्किङ्ग स्थलमा पनि बत्ति छैन ।

आसपाशमा पनि उहि अवस्था छ । सडक बत्ति केहि बलेका छन, केहि छैनन ।
छोड्दिउ पार्किङ्ग कुरा !

भक्तजनहरुको लाईन बुढानिलकण्ठ विद्यालयको गेटछेउछाउमा पुग्न खोजिरहेको थियो ।

हतार– हतार लाईन बसेँ , आमा,बाबा अनि भाई संगै अनि कुरा सुरु भयो संगै बसेका दिदिबहिनीहरुको यो लाईन त दिउसो ११ बजे सम्म पनि मन्दिरमा पुग्न सकिदैन, विच विचमा मान्छे छिरेर हैरान छ । झस्किए ओहो, ९ बजे त म जस्तो प्राइभेटमा जागीर खानेलाई लाई नगरको विदाले छुदैन ।

साच्चै ११ बज्यो भने त बर्वाद होला भनेर अगाडीको दृष्य हेर्न पुगेँ । मन्दिर अगाडीको भ¥याङ्गमा पुगेको थिए, उमेर त्यस्तै होला १० देखी १२ बढिमा १४ वर्षका एक हुल बालबालिकाहरु स्वयसेवक गरिरहेका थिए । उनिहरुलाई गल्हत्उादै ठुला भनिएकाहरु मन्दिर गइरहेका थिए ।

एकाध सुरक्षाकर्मी लाईन मिलाउनमा नै व्यस्त थिए । ओहो ! यो पाराले त ११ नै बज्छ , अनि आफै ति बालकहरु संग स्वयसेवमा खटिए, किनकी मलाई चाडै दर्शन गर्नुछ ।

न लाईन व्यवस्थापनमा कोहि जिम्मेवार व्यक्ति छन, न लाईनलाई व्यवस्थित गर्न, समान्य बाँस, डोरी टाँगिएका छन, बलियो हुनुहुन्छ धकालेर छिर्न सक्नुहुन्छ, गाली सुन्ने क्षमता छ, विच बाट नै लाईनमा छिर्न पाउनुहुन्छ ,चिनजानको हुनुहुन्छ छेउछाउका पसलेले नै व्यवस्था गरिदिन्छन । छोडिदिउ लाईन व्यवस्थापनका कुरा !

मन्दिरको मुख्य प्रवेशद्धारा संगै केहि ठुला व्यक्तिहरु स्वयमसेवा गरिरहेका थिए । तर जाने बाटो कुन,आउने बाटो कुन, को अपाङ्ग, को असक्त, कोे जेष्ठ नागरीकहरु कसलाई काँहा बाट काँहा लैजाने अत्तोपत्तो त्यहाँ पनि देखिएन , सोहि दृष्यहरु हेर्दै थिएँ, पछाडीबाट केहि तानेको जस्तै गएर एकजना बृद्धा आमाले परिचय पत्र देखाएर भनिन बाबु हामी काँहा बाट छिर्ने हो बाबु कता हो भन्दै सोध्न थालिन मन्दिर को गेटमा नै पुगेको हुनाले मैले अक्मक्कियर भने यँहि बाट हो हजुर आमा हिड्नुहोस अगाडी बस्नुहोस यहाँ बाट नै हा जाने हो भन्दै अगाडी राँखे किनकी म संग अरु भन्ने कुरा केहि थिएन ।

छोडदिउ मन्दिर प्रवेश आसपासका बृद्धबृद्धा अनि असक्त, महिला तथा तिर्थालुहरुको अवस्था ।

जसोतसो भगवान बिष्णु को चरण कमलमा पुगियो, आफ्नो जन्मतिथि साच्चै आन्नद दायक क्षण तर हतार हतार प्रहरीले धक्लान थाल्यो, ए बाहिर, बाहिर, उता , उता छिटो जानुहोस लाग्दैछ म मन्दिर होइन कुनै आन्दोलनमा प्रहरी संग पाउँठेजोरीका लागि उभ्भिएको छु । सोचे  छिटो छिटो गर्दा पालो चाडै आउछ यसमा कुनै सन्देह थिएन । दर्शन पछि अर्को द्धार पुगे  खै कति हो महाराज वा स्वामी के उपनामका निकै ठुला भनिएका महन्तज्यू दर्शनार्थीहरुलाई यता,उता कता भन्दै द्धारमा नै खडा थिए, यो दृष्यलाई कसरी लेखुँ सम्भव भएन । छोडदिउँ सबै कुरा भगवानको चरणकमलमा दर्शन गरेर बाहिर निस्किए ।

जसै दर्शन गरेर बाहिर आएँ, मन्दिर प्रवेशका द्धारहरु हेरे ! लाग्छ यो साच्चै मन्दिर प्रवेशकै गेट हो ? यहाँ ठुलो मेला नै लाग्दैछ ? अथवा के साच्चै यो पवित्र स्थलको यो महत्वपूर्ण मेलाको व्यवस्थापन यहि हो ? यसरी नै सजिन्छन महत्वपूर्ण प्रवेशद्धारहरु आफैलाइ सोध्दै थिए ।
मन्दिरका चारकुना अन्ध्यारोले छोपेको छ । खुवा बेच्ने र अरु धेरै कुरा वेच्नेहरुको चिच्याहट छ । जुत्ता चप्पल खोज्ने र गाली गर्नेहरुको ठुलै होडवाजी चलेको छ । संगै ठुलो पाल टागिएको छ । तर सुनसान छ ।

केहि पर सतप्रतिशत खाली छ सोँचे किन सबै कुराहरु यहि मन्दिरको परिक्रमा स्थलमा नै राखिएको होला । ओहो ! बाबा, आमाको हातको टिका लगाए । आशिर्वाद मागे अनि मनमनै भने मेरो नाम दामोदर भट्टराई (बद्रि) राखिदिनुभएकोमा आभार प्रकट छ अनि मनमनै प्रतिज्ञा समेत गर्न भ्याँए, के मेरो उत्तिकै राखिएको हो र !

एकदिन म यसै मन्दिरमा यसै मेलालाई हेर्न लायकको बनाउने छु, अनि त्यो दिन आमा, बाबालाई भन्ने छु, मेरो नाम दामोदर ( बद्रि) राखिदिनुभएकोमा म जुनीजुनी सम्म तपाईहरुकै कोखमा जन्मन पाँउ ।

मनमनैको प्रतिज्ञा पश्चात पार्किङ्ग स्थल पुगियो, बाटोमा केहि समय अगाडी संगै स्वयसेव गरेको भाइहरु भन्दै थिए, दाजु उता लाईन मिलाई दिनुहोस न, यहाँ हेर्नुस न दाई भनेको नै मान्दैनन , मैले सोधे भाई चिया, खाजा खायो , छैन दाई , फेरी उहि चिच्याहत यहाँ बाट जान पाइदेन । बालबालिकाहरु अनि उनिहरुलाई स्वयसेवका लागि मन्दिर लिएर आउने गुरुहरुलाई नमन । ८ बजेको थियो होला , स्वागतद्धार, अनि फेल्कस टाल्ने हतारो थियो । केहि परिचित अनुहार पनि देखियो , तर गाडीको हर्न, मानिसको चिच्चाहट अनि पार्किङ्गमा पैसा दिएर रसिद खोज्दा,खोज्दै नभेटिएका स्वयसेवीहरु सम्झदै निस्किएँ ।

यो पवित्र तिर्थ स्थल, पवित्रधाम, अनि विशिष्ट मेलाको यो तारतम्यतामा चुनिखेलको डाँडा देखी कपनको डाडा सम्म, चपली हाइट देखी बाँसबारी सम्मका हजारौ विद्यार्थीहरुलाई विद्यालय जान बाट रोक्ने, अनि सरकारी कार्यालयहरु बन्द गरेर सोहि दिन बुढानिलकण्ठको मन्दिरमा जान समेत समय नहुने नगरका प्रभावशाली कर्मचारी देखी जनप्रतिनिधी सम्मलाई नगरपालिका विदा को मोह किन ? केहि समय अगाडी दुईतिहाईका सञ्चारमन्त्रीले भनेको सम्झिँए मोजमस्ती गर्न, तास खेल्न अनि डेटिङ्ग जान होइन, मन्दिरमा आउने सेवा गर्ने, दिप बाल्ने का लागि हो भन्न नगरप्रमुख र नगरकार्यपालिकाले भुलेको पो हि कि !
शक्तिको उन्माद हो वा नेतृत्को लहडी पन ? नेकपा र काँग्रेस अनि राप्रपाका आफुलाई राजनीतिको मसिहा मान्नेहरुको आसपासमा यो मेला व्यवस्थापन यहि हो ? सार्वजैनिक विदाको यो लहडीपनलाई साथ दिएर मन्दिर र मेलाको महत्वमा सहभागी हुन नसक्नेहरुबाट नगरपालिका सुन्दर हुदैछ, हामी धनी छौ , भन्ने भाषण र विचार सुनेर मुण्टो हल्लाउनु बाहेक अरु उपलब्धी के होला ?
बुढानिकलण्ठ सरकार विदाको औचित्य के ?

 

तपाइँको प्रतिक्रिया ।