शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र ब्यबस्थापन समितिको समन्वय बैठक सम्पन्न

शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र ब्यबस्थापन समितिको समन्वय बैठक सम्पन्न

कपन अनलाइन

काठमाडौ, माघ २१ ।

शंखरापुर नगरपालिकामा रहेको साक्वा रिसोर्टमा हिजो शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज  र मध्यवर्ती क्षेत्र ब्यबस्थापन समितिले आयोजना गरेको  मध्यबर्ती क्षेत्रका स्थानीय तह संग समन्वय बैठक सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ निर्वाचन क्षेत्र ३ का प्रदेश ख का सांसद माननीय रामेश्वर फुयाल रहेका थिए भने बिशेष अतिथिहरुमा  गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे ,शंखरापुरा नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ ,कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा र मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्याल रहेका थिए।

त्यस्तै  अतिथिहरुमा ४ वटै नगरपालिकाका उप प्रमुख, काठमाडौँ जिल्ला समन्वय समितिका सदस्य उद्दब भण्डारी, शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज  र मध्यवर्ती क्षेत्रका प्रमुख संरक्षण अधिकृत कमल जंग कुँवर ,शिवपुरी नागार्जुन राष्ट्रिय र मध्यवर्ती क्षेत्रका सहायक संरक्षण अधिकृत राजु घिमिरे मध्यवर्ती क्षेत्र ब्यबस्थापन समिति सुन्दरीजलका अध्यक्ष नारायण श्रेष्ठ ,शंखरापुर् नगरपालिकाका कार्यकारी अधिकृत तथा वडा अध्यक्षहरु  लगायत मध्यबर्ती क्षेत्रमा सरोकार राख्ने स्थानीयहरुको उपस्तिथी रहेको थियो।

उक्त कार्यक्रमको सभाध्यक्षता मध्यबर्ती क्षेत्र ब्यबस्थापन समितिका अध्यक्ष धावा तामांग रहेका थिए।

कार्यक्रम संचालन मध्यवर्ती क्षेत्र ब्यबस्थापन समितिका महासचिब एबम कागेश्वरी मनोहरा उपभोक्ता समितिका अध्यक्ष श्याम कुमार वाइवाले गरेका थिए।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै शिवपुरी नागार्जुन राष्ट्रिय र मध्यवर्ती क्षेत्रका प्रमुख संरक्षण अधिकृत कमल जंग कुँवरले मध्यवर्ती र स्थानीय तह संग कसरी समन्वय गरेर काम गर्ने भन्ने उदेश्य सहित धेरै पटक छलफल गर्ने जमर्को गरेको र आज त्यो अवसर जुरेको भन्दै उनले मध्यबर्ती क्षेत्र अन्तर्गत जुन बिकासका कार्यक्रम गर्नुपर्ने र त्यी कार्यक्रमहरु समन्वयात्मकतरिकाले अघि बढाउने पर्छ भन्ने उदेश्य सहित कार्यक्रम आयोजना गरिएको बताए ।

उनले गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल निकुन्ज भित्रनै आधी वडा परेको कारणले त्यहा बिकासका कार्यक्रम गर्नलाई निकुन्जको नियम ,नियामावली अनूसार अफ्ट्यारो परेको हुनाले त्यसमा पनि कसरी अगाडी बढ्नु पर्छ भनेर  अन्तरक्रिया आयोजना गरिएको बताए।

उनले शिवपुरी नागार्जुन राष्ट्रिय र मध्यवर्ती क्षेत्र सबै भन्दा कान्छो र पछि घोषणा भएर बामे सर्ने क्रममा रहेको हुँदा अभ्यासको क्रममा नै रहेको  बताउदै स्थानीय तह बीच समन्वयकारी  भूमिका खेल्नको लागि अफ्ट्यारो परेको हो कि भन्ने सवालमा त्यसमा कसरी अघि बढ्न सकिन्छ भन्ने उदेश्यले कार्यक्रम आयोजना गरेको बताए ।

कार्यक्रम मा निकुन्जको संरक्षण इतिहास ,जनता ,जल, जलाधार क्षेत्र, जनावरर जंग गरेर ५ वटा ‘ज” ले पारेको प्रभाब , शिवपुरी नागार्जुन राष्ट्रियको फाइदा ,समस्या चुनौतीहरु ,नीतिगत ब्यबस्था ,मध्यवर्ती क्षेत्रको विवरण र भाबी योजनाको बिषयमा छलफल गरिएको थियो ।

उक्त कार्यक्रममा  छलफलको क्रममा  गोकर्णेश्वर नगरपालिका वडा नं १ का अध्यक्ष राम मानन्धरले आफ्नो वडाको आधा भूभाग निकुन्ज भित्र पर्ने र त्यहाका जनताले नुकुन्जको कारण आवत जावत गर्दा खेप्नु परेको समस्या एबम जनावरहरुले पुर्याउने गरेको बालि नालीको नोक्सान ,उनले सुन्दरीजल काठमाडौंको बिकट क्षेत्र भएको र बिकासका काम हुन नसकेको बताए उनले निकुन्ज भित्र प्रवेश गर्दा निकुन्ज भित्रका सुरक्षा कर्मिले गर्ने ब्यबहार लगायत पानीको र फोहोरको  समस्या राखेका थिए।

त्यस्तै गरि सोहि कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेलले कार्यक्रम आयोजना गरेकोमा खुसि ब्यक्त गर्दै आयोजकलाइ धन्यबाद दिंदै कार्यक्रम आन्तरिक पर्यटन बृद्दी गर्न केके गर्न सकिन्छ त्यता तर्फा सोच्न अनुरोध गरेका थिए। उनले निकुन्जले  पैसा लिनुपर्ने तर त्यो पैसा पनि कसलाई लिने र कसलाई नलिने प्राथमिकताको आधारमा लिनुपर्ने बताएका थिए।

उनले जंगल सफाइ गर्न स्थानीयले पाउने हो कि होइन कुन कुन क्षेत्रमा सफाई गर्न सक्छौ त्यो उल्लेख हुनुपर्ने बताएका थिए। उनले कुन कुन क्षेत्रमा अन्तरिक रुपमा सडक खोल्न सक्छौ त्यो पनि  स्पस्ट हुनु जरुरि भएको बताए। उनले निकुन्ज भित्र रहेको कागेश्वरी मणिचुड लगयातक धार्मिक क्षेत्रमा कसरि पर्यटन लायन सकिन्छ त्यसबारेमा सोच्न अनुरोध गरेका थिए ।

कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिका कि उप मेयर शान्ति नेपालले धेरै कुरा राष्ट्रिय निकुन्जले गरिरहेको बताउदै सुरक्षित ठाउमा जानको लागि सुरक्षा गर्नको लागि पर्खाल लगाउनु पर्ने पुराना पर्खाल कतिपय स्थानमा भत्केको र कति ठाउमा नभएको हुनाले सुरक्षा जोखिम बढेको बताइन।

उनले  राष्ट्रिय निकुन्ज भित्र भएको बस्तीलाई कता लैजाने भन्ने प्रश्न राखेकी थिइन्। उनले बन जंगल भनेको सबैको सम्पत्ति भएकोले त्यसलाई मास्न नहुने बताउदै त्यसको विकल्प पर्योग गर्नको लागि जनचेतना जगाउनु पर्ने बताएकी थिइन्। उनले निकुन्जले जति पनि राज्यको सरोकारवालाहरु रहेका छन् त्यसलाइ सहयोग गर्नु पर्ने बताएकी थिइन्।

कार्यक्रममा अन्य बक्ताले पनि निकुन्जले पुर्यारहेको प्रभाब र बिकासको लागि स्थानीय तह संग  हातेमालो गर्दै जानु पर्ने बताएका थिए ।बक्ताहरुले आर्थिक पक्ष पारदर्शी हुनुपर्नेमा पनि जोड दिएका थिए ।

कार्यक्रमको अन्त्यमा शिवपुरी नागार्जुन राष्ट्रिय र मध्यवर्ती क्षेत्रका प्रमुख संरक्षण अधिकृत कमल जंग कुँवरले सहभागी हरुको  प्रश्न कोउत्तर दिएका थिए ।साथै उनले शिवपुरी नागार्जुन राष्ट्रिय र मध्यवर्ती क्षेत्र को भाबि योजना बताउदै स्थानीय तह संग मिलेर जाने तर कतिपय अवस्थामा नियम नियमावलीको कारण समस्या समाधानको लागि समय लाग्ने गरेको  बताएका थिए।

उनले चोरी सिकारी  बन डढेलो  प्राकृतिक प्रकोप लगायत अन्यले निकुन्जलाई पारेको प्रभाब न्यूनीकरण गर्दै पर्यटनको विकास गर्नको लागि स्थानीयको सहयोग आवश्यक रहेको बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।