कपन एमाओवादीलाई धक्का, लक्ष्मी धिताल ड्यास माओवादीतिर लागे
कपन अनलाइनकपन केन्द्रित ठूलाठूला कार्यक्रममा व्यस्त देखाइरहेको एमाओवादीलाई धक्का लागेको छ । एमाओवादीमा लामो समयदेखि क्रियाशिल लक्ष्मी धितालले पार्टी परित्याग गरेका छन् । उनले एमाओवादीमात्र परित्याग गरेनन् ड्यास माओवादीमा प्रवेशसमेत गरेका छन् ।
०६१ साल तत्कालिन भक्तपुर जिल्ला अन्तर्गत पर्ने कपनको पहिलो सेल कमिटिबाट औपचारिकरुपमा माओवादीको राजनीति थालेका लक्ष्मी धितालले एक सच्चा क्रान्तिकारी एमाओवादीमा रहन नसक्ने भन्दै पार्टी परित्याग गरेका हुन् । आज एक प्रेश विज्ञप्ति प्रकाशित गर्दै उनले संविधानसभाका नाममा राष्ट्रियता नै गुम्ने गरी सिक्किमीकरण अभियानमा एमाओवादी लागेको हुँदा आफू सो पार्टीमा नरहने घोषणा गरेको बताएका छन् । उनले विज्ञप्तिमा एमाओवादी रहेका सच्चा, देशभक्त र क्रान्तिकारी अरु साथीहरुलाई पनि नेकपा–माओवादीमा प्रवेश गर्न आग्रह गरेका छन् । उनले कपनअनलाइनसँग कुरा गर्दै असल र सच्चा क्रान्तिकारी पार्टी नेकपा–माओवादी भएको हुँदा आफू प्रवेश गरेको बताए ।
यस विषयमा कपन ड्यास माओवादी इन्चार्ज ध्रुव बस्नेतले कपन अनलाइनसँग कुरा गर्दै अब यस्ता धेरै असल र इमान्दार कार्यकर्ता हाम्रो पार्टी प्रवेशको लहर नै लाग्ने बताए ।
लक्ष्मी धिताललाई नेकपा–माओवादीमा प्रवेश गराउन महत्वपूर्ण भूमिका सेक्रेटरी अशोकराज पाण्डे, सह सेक्रेटरी माधव चापागाई दुवैजना नेकपा माओवादी जिल्ला सदस्य हुन् उनीहरुको पनि ठूलो भूमिका रह्यो । सेक्रेटरी पाण्डेका अनुसार उहाँलगायत सयौं विभिन्न पार्टीका कार्यकर्तालाई भदौको दोस्रो साता पार्टी प्रवेश विशेष कार्यक्रम राखिनेछ । त्यसैगरी लक्ष्मी धितालजस्ता योग्य व्यक्तिलाई पार्टीमा उचित जिम्मेवारी दिइने पनि पाण्डेले बताए ।