कस्तो हुदैछ बुढानिलकण्ठ महोत्सव तयारी ?

कस्तो हुदैछ बुढानिलकण्ठ महोत्सव तयारी  ?

कपन अनलाइन 

काठमाडौ,पौष १८।

बुढानिलकण्ठ क्षेत्रको प्रवर्धन गर्ने उदेश्य राखेर सुरु गरिएको बुढानिलकण्ठ महोत्सवको तयारी अझै सुरु भएको छैन ।काठमाडौको उत्तरी भेगमा रहेको बुढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गर्न सहयोग गर्ने पहल स्वरूप सुरुवात गरिएको यो महोत्सव अगिल्लो वर्ष पनि हुने सकेन ।

बुढानिलकण्ठ क्षेत्र विकास समिति को आयोजनामा भएको पहिलो महोत्सव को वेला देखि नै यस मन्दिरलाई सम्पदा सुचिमा राख्न पहल गर्ने घोषणा समिति ,स्थानीय राजनीतिक दल र अन्य सरोकार वाला संस्थाहरुले गरेका थिए जुन अहिले सम्म सामान्य प्राविधिक तयारीको अवस्थामा छ ।

महोत्सव आयोजनाका सम्बनधमा प्रश्न राख्दा बुढानिलकण्ठ क्षेत्र विकास समितिका अध्यक्ष जयराम थापाले महोत्सवका वारेमा सोचिरहेको र चाडै छलफल गर्ने बताए । यस क्षेत्रकै सम्वर्धन र प्रवर्धनका लागि सुरु गरेको महोत्सव विगतका वर्षमा विवध कारणले रोकिए पनि यस पटक आयोजना गर्ने उनको भनाइ थियो ।उनले केहि दिनमै सबै सरोकारवाला पक्ष ,जनप्रतिनिधिहरु विच छलफल गर्ने बताए ।

त्यस्तै बुढानिलकण्ठ मन्दिर रहेको वडा नं ३ का अध्यक्ष बाल कृष्ण श्रेष्ठलाई यस विषयमा प्रश्न  राख्दा महोत्सव आफ्नो प्राथमिकतामा रहेको र हुनु पर्ने बताए ।उनले पनि यस विषयमा सोचिरहेको तर ठोस पहल सुरु नगरेको स्वीकारे भने अव चाडै यसमा पहलकदमी लिने पनि बताए ।

प्राकृतिक रुपमा निकै सुन्दर र सम्भावना बोकेको बुढानिलकण्ठ नगरपालिकामा पर्यावरण र सामाजिक र सांस्कृतिक सम्पदा धेरै रहेका छन ।यो सवल पक्षहरुको पहिचान स्थापना गर्नका लागि पनि महोत्सव आवस्यक देखिएको एक स्थानीयले बताए ।

अव बुढानिलकण्ठ महोत्सवलाई अभियानकै रुपमा संचालन गर्नका लागि अहिले देखि नै तयारीमा लाग्नुपर्ने वेलामा तयारीमा भै रहेको ढिलाईले फेरी पनि महोत्सवलाई अनिश्चित बनाउने सम्भावना देखिदै गएको छ ।

यो महोत्सव भनेको बुढानिलकण्ठ को सिरान तौलुंग देखि पुछार साततले सम्म रहेका प्रतिभा ,उत्पादन र श्रम पहिचान गर्ने अवसर रहेको बुढानिलकण्ठमा वसोवास गर्ने एक प्राध्यापक बताउछन ।

प्राचीन समय देखि चल्दै आएका यस्ता संस्कृति अझ धेरै परिस्कृत र विकास हुनु पर्नेमा निरन्तरता गर्न नसक्नु राम्रो कुरा र अभ्यास नभएको उनको धारणा छ ।

यस महोत्सव संचालनमा नगरपालिका कार्यालयले पनि चासो र चिन्ता लिनुपर्ने वेला आएको छ ।नगरपालिकाको नाम संग जोडीएको महोत्सव संचालनको लागि उत्प्रेरक स्वयं नगर बन्नु पर्ने देखिन्छ ।

बुढानिलकण्ठ नगरवासीको अपेक्षा अहिले यो महोत्सव हुनुपर्ने रहेको एक जनप्रतिनिधिले बताए र यसमा सबैले पहल थाल्नु पर्ने उनको भनाइ छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।