नेपाल ह्याण्डबल संघको भवन निर्माण कार्य अलपत्र
कपन अनलाइन
काठमाडौ, पौष १४ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको नेपाल ह्याण्डबल संघको भवन निर्माण कार्य अलपत्र परेको छ। २०६४ सालबाट सहयोगी दाताहरु संग चन्दा उठाएर निर्माण सुरु गरिएको लामो समय सम्म पनि पुरा हुन सकिएको छैन ।
कपन अनलाइनले नेपाल ह्यान्डबल संघका बरिष्ठ उपाध्यक्ष रामकृष्ण केसी संग त्यसको बारेमा बुझ्दा उनले उक्त ह्याण्डबल भवनको कुनै लागत अनुमान नभएको र सहयोगी दाताहरु संग चन्दा उठाएर निर्माण सुरु गरिएको बताए ।
उक्त निर्माण समितिको अध्यक्ष मिठाराम अधिकारी रहेका छन्। नेपाल ह्याण्डबल संघको केन्द्रीय कार्यलयलको बोर्डले बनाउन लागेको उक्त भवनको लागत स्टिमेट नभएको र जति जति सहयोग प्राप्त हुदै जान्छ त्यति त्यतिले बनाउदै जाने हुनाले निर्माण कार्य ढिलो भएको उनले बताए ।
साथै उनले अहिले अलपत्र भएको भवनको लागि निर्माण समितिले उक्त भवन निर्माण कार्य अघि बढाउनको लागि पहल गरिरहेको नगरपालिका संग छलफल भैरहेको उनले बताए।
निर्माण कार्य सुरु हुँदा जिल्ला विकास समितिको लगानी रहेको थियो भने भौतिक निर्माण मन्त्रालय र पहिला गाबिस हुँदा त्यता बाट पनि केहि सहयोग आएको केसीले बताए ।
अहिले नगरपालिका हुँदा त्यहा बाट पनि केहि सहयोग प्राप्त भएको छ जुन रकम बाट निर्माण सुरु गरिएको उनले बताए।अहिले पनि सहयोगी दाताहरुको प्रतिक्षा रहेको उनले बताए। हाल त्यस्तो सहयोगी दाता नआएको हुनाले भवन निर्माणले गति लिन नसकेको र नगरपालिका बाट पनि सहयोगको प्रतिबद्दाता नआएको उनले बताए ।
काठमाडौमा रहेको एक मात्र ह्यान्ड बल खेल मैदान रहेको यस क्षेत्रमा यो भवन निर्माण कार्य अलपत्र बन्द खेल प्रेमीहरु निरास बनेको एक स्थानीयले बताए । “पहिला यहाँ खेल प्रतियोगिता आयोजना हुदा यहाका युवा तथा बाल बालिकाहरु आकर्षित बनेको र त्यसले यहि स्थान बाट खेलाडी उत्पादन हुने सम्भावना देखिएको थियो तर अहिले गतिविधि सुस्त हुदा हामीलाई निकै दुख लागेको छ”, ति स्थानीयले थपे ।