बुनपा १२ टेलिकम अगाडिको सडक कहिले कालोपत्रे हुन्छ ?(पाठक चौतारी )
कपन अनलाइन
काठमाडौ,पौष १४।
बुढानिलकण्ठ नगरपालिका भित्रका धेरै साना साना सडकहरु कालोपत्रे भएका छन ।कालो पत्रे नहुने स्थानमा ढुंगा छापेर सडकहरुको स्तर कायम गरिएको छ।
वडा नं १२ का विभिन्न स्थानमा पनि सडक कालोपत्रे भएका छन भने भित्रि स्थानमा पनि ढुंगा ,पेन्टागन आदि राखेर बाटो हरुको अवस्था सुधार गरिएको छ तर बत्ति मुनि अध्यारो भने झैँ जन प्रतिनिधि हरुको गाउँ जहाँ नगरपालिका कै सक्रिय मध्येको टोल सुधार समिति रहेको छ त्यहाको सडक वर्षौ सम्म पनि कालोपत्रे नहुदा हामि आश्चर्यमा परेका छौ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ नेपाल टेलिकम अगाडिको बाटो अहिले सम्म किन कालो पत्रे भएन ? यसको कारण के होला ? कि यो स्थानीय हरुको सक्रियता कम भएर हो भने हरेक वर्ष यस विषयमा हामीले ताकेता गरेका छौ । यसमा कसको जिम्मेवारी हो र यसका लागि के गर्न पर्ने हो ?त्यसका लागि सदैव तयार रहेको जानकारी गराउदै तुरुन्त यो बाटो कालोपत्रे गर्नका लागि पहल गरियोस भन्दै कपन अनलाइनको पाठक चौतारी मार्फत अनुरोध गर्दछौ ।
अनुरोध गर्ने
बुढानिलकण्ठ वडा नं १२ टेलिकम टोलवासी (आदर्शनगर )