चुनिखेल सामुदायिक स्वास्थ्य चौकी निर्माण कार्य अगाडी बढ्यो

चुनिखेल सामुदायिक स्वास्थ्य चौकी निर्माण कार्य अगाडी बढ्यो

कपन अनलाइन 

काठमाडौ,पौष १४ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३  मा रहेको सामुदायिक स्वास्थ्य चौकी निर्माण हुदैछ ।  २०७२ साल बैशाख १२ को भूकम्पले क्षति  गरे पछी चुनिखेल बासिहरु स्वास्थ्य सेवा बाट बन्चित हुदै आएका  थिए। जुन स्वास्थ्य चौकी २०५१ सालमा स्थानीय नेता एबम त्यतिबेलाका तत्कालिन गाबिस अध्यक्ष समेत रहेका  न्युछे नारायण श्रेष्ठको पहलमा  नेपाल सरकारले बनाएको  थियो ।

अहिले  ग्लोबल शेफर्ड नामक सस्थाको सहयोगमा उक्त स्वास्थ्य चौकी पुननिर्माण  हुदैछ । अहिले दुइ तलाको पक्कि भवन निर्माण भइरहेको छ।

८२ लाखको लागतमा बन्न लागेको उक्त स्वास्थ्य चौकी निमाणले गति लिएको छ।  केहि समय अगाडी सरकारी भवन भएको हुनाले सरकारी मापदण्ड अनुसार बनाउनु पर्ने भएको पुन निर्माणले नक्सा स्वीकृत नदिएको हुनाले  हुनाले केहि समय  काम रोकिएको थियो । पुननिर्माण गर्दा राम्रो बनाउनु  पर्छ भनेर  जग बलियो बनाउनको लागि पुन जगको स्ट्रक्चर नक्सा फेरेर अहिले काम  भैरहेको छ ।

यसमा उपभोक्ता समिति गठन गरेको छैन। ग्लोबल शेफर्ड भन्ने सस्थाले नै सबै जिम्मा लिएको छ  भने  त्यो निर्माण गर्न बनेको  सहयोग समितिको अध्यक्ष न्युछे नारायण श्रेष्ठ रहेका छन ।यसलाई निर्माण गर्न सहयोगी संस्था संग सम्पर्क र व्यवस्थापन मा प्रतिनिधि सभा सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापाले पहल गरेको श्रेष्ठले बताए ।

सो  सहयोग समितिमा  उपाध्यक्ष  मंगलदास श्रेष्ठ, सचिब दामोदर पौडेल र  शिक्षकबाट  दुइ जना सहित  सात जनाको कमिटि रहेको  कुरा उक्त निर्माण सहयोग समितिका अध्यक्ष न्युछेनारायन श्रेष्ठले बताए।

अहिले यसमा वडा अध्यक्ष निर्वाचित भैसकेपछि श्रीकृष्ण श्रेष्ठले सहयोगी सकारात्मक भूमिका खेलिरहेको सहयोग समिति अध्यक्ष  श्रेष्ठले बताए  । यो भवन चैत्र मसान्त सम्म निर्माण सकिने लक्ष्य लिएको तर अलि नभ्याउने अवस्था रहेकोले केहि महिना समय भन्दा अलि ढिला पनि हुन सक्ने  उनले बताए ।

यो स्वास्थ्य चौकी बने  पछी प्रत्येक्ष रुपमा बुढानिलकण्ठवडा नं १३ चुनिखेल लगायत सबै नगरबासीहरु  लाभान्वित हुनेछन  ।तसर्थ यो भवन निर्माण सम्पन्न गरि नगरपालिकालाई हस्तान्तरण गर्नको लागि सबैको साथ् र सहयोग चाहिने कुरा उनले कपन अनलाइनलाई बताए ।

तपाइँको प्रतिक्रिया ।