पूर्वाञ्चल विश्वविद्यालय कृषि संकायको कार्यालयमा तोडफोड

पूर्वाञ्चल विश्वविद्यालय कृषि संकायको कार्यालयमा तोडफोड

कपन अनलाइन

काठमाडौ,मंगसिर २८ ।

मोरङ गोठगाँउमा रहेका पूर्वाञ्चल विश्वविद्यालयमा  बुधबार लिएको एग्रो मेट्रोलोजी एण्ड क्लाइर चेज विषयको परीक्षाको प्रश्न पत्र आउट भएको भन्दै पुनः परीक्षाको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए । साथै उनीहरुले उक्त परीक्षा रद्ध गर्न माग  समेत गरेका छन ।

आन्दोलनमा उत्रिएका आक्रोशित  विद्यार्थीको समूहले विहीवार विहान पूर्वाञ्चल विश्वबिद्यालय अन्तर्गत जीपी कोइराला कलेज अफ कृषि संकायको कार्यालयमा तोडफोड गरेका हुन्  । उनीहरुले झयालको शिशा तोडफोड गर्नका साथै क्याम्पस प्रमुख अजयकुमार शाहको कुर्सीसमेत जलाई दिएका छन । ४७ विद्यार्थी अध्ययनरत रहेको यस संकाय अन्तर्गत बुधबारको परीक्षा रद्ध गरी पुनः परीक्षा नगराएसम्म आफनो आन्दोलन नरोकिने बिद्यार्थीको अडान  रहेको छ ।

तपाइँको प्रतिक्रिया ।