पशुपति वृद्धआश्रमको भ्रमण
कपन अनलाइन
काठमाडौं ,मंगसिर १२/जयराम न्यौपाने
एका विहानै ऊँ वृद्ध आश्रम केहि बाआमाहरुको चहलपहल सँगै र पशुपतीनाथका भक्तहरुको चहलपहल सँगै बिउझीदै थीयो । ऊँ वृद्ध आश्रम हेर्दा लाग्थ्यो त्यहाँ कुनै भार्मिक कार्य हुदौ, सायद वृद्धाको उपस्थिती देख्दा सबैको मनमा दाग्ने कुरा त्यही नै थियो ।
मलाई लाग्यो हाम्रो सर र हामि केहि विद्यार्थीहरुको संख्या देख्दा उहाँहरुलाई केहि नयाँ लागेन किनभने हामी जस्तो सोच लीएर ओम वृद्धआश्रममा धेरै टोलीहरु पुगी सकेका छन् ।
तर जिज्ञाशा र आशा भने उहाँहरुको आँखामा झलझत्ती देखिन्थ्यो । त्यो निभ्न लागेका आँखामा र ती चाउरी सकेका गालामा केहि खुसीका र आशाका किरणहरु देख्दा मलाई अनौठो आभास भइरहेको थियो । सायद उक्त कार्य मेरो लागि मात्र नभइ मेरो साथीहरुको लागि चनि नयाँ थीयो । त्यतिकैमा मेरो साथी पारस र साजन वृद्ध आश्रमको अफिस मा सोधपुछको लागि छिरे ।
म र मेरा साथीहरु अलमलमा थियौ । त्यतिबेला एउटा आमा हाम्रो छेउमा उभीनुभयो ।
हामिले नम्रतापुर्वक नमस्कार गर्यौ र जवाफमा उहाँले पनि नमस्कार गरेर हात जोेड्दै वातावरणलाई सहज तुल्याउनुभयो । मैले कुरा अघि बढाउदै भने आमा हनुरको नाम के हो ? एकछिन माहोल शान्त बन्यो आरोपीका केहि बुबाआमा हामीलाई हेरीरहेका थिए । उहाँहरुले हामिलाई नीयाल्नुको कारणका बारेमा हामि अनभीगय थीयोै । केहिक्षण पछि उत्तर नआइसकेपछि थाहा भयो उहाँ बोल्न नसकक्ने हुनुन्थ्यो । हामीलार्ए त्यो कुराले खल्लोपनको आभास गरायो ।
त्यस पछि मेरो साथीले फोटो खीच्न थाल्यो र मैले चोरी औलाले इसारा गरेर आमालाई क्यामरा तिर हेर्न आग्रह गरे र फोटो खीचेर हामि अर्को बा तर्फ लाग्यौँ । बा का साथै त्यहाँ अरु नीकै वृदहरु विहानीको न्यानो घामतापिरहेका थिए सायद त्यो घामले उहाँहरुलाई केहि खुसि खिईरहेको थीयो । जुन खुसि उनको परिवारले वन्चीत गरेको थियो ।
न्मस्ते बुवा उहि पहिलेकै लवज यो पटक नमस्कार शव्द दोहोरीयो बुबाको मुख बाट बुबा भर्खरै सुरु भएको जाडोबाट बच्न आफ्नो पुरानो ज्याकेटको चेन जतनसाथ बनाउदैँ हुनुहुन्थ्यो । उहाँको देउमा सीयो र धागोको बट्टा देख्न सकिन्थ्यो , सायद उहाँ त्यो ज्याकेटलार्य सीलाउदै पनि हुनुहुन्थ्यो ।
आमालाई पनि नमस्ते गरीसकेर कुराकानी सुरु गर्न लाग्दा मेरा साथीहरु अन्य बुबाआमासँग व्यस्त देखिने । मैले आमाको नाम सोचे, पूर्णमाया अधिकारी । उहाँ त्यो वृद्धआश्रममा करीब १० वर्ष देखि आश्रय लिदै आउनु भएको थियो । उहाँका कुराहरु कहाँबाट कहाँ पुग्यो ।
उहाँको छोराको मृत्युदेखि भदैको बिहेसम्म । दुइछोरा मध्य एकको मृत्यु भइसकेको रहेछ र कान्छो छोराको र बुहारीले मिलेर पूर्णमायालाई वृद्धआश्रममा ल्याएको कुरा पनि हामिले थाहा पायौँ । पूर्णमायाको अनुहार अली मलिन देखियो उनी भन्दै थीइन मैले हुर्काएको छोराले आज मलाई वृद्ध हाश्रममा ल्याएर राखिदियो ।
उनलाई सुन्दै गर्दा लागीरहेको थीयो उनी हामिलाई उनेको मनमा गसम्सीएर बसेका सम्पूर्ण कुराहरु सुनाउन चाहन्थीन् । तर त्यहाँ ती आमाको मात्र नभई कयौँ आमाबाको कथा अनि व्यथा थीयो ।
आखाँ भरिएर आए । यस्ता मासुम अनोब्ध आमा बुबाहरु यहाँ आएर भट्दा र देख्दा लाग्थ्यो उहाँहरुलाई खाना र कपडा मात्र नभइ माया र स्याहारको खाँचो छ ।
फरक कथा र फरक व्यथा सुन्दा सुन्दै सबैका गाला अबरुद्ध थीए । उहाँहरुको नीधारको गाठोँ गुजुल्टी परेको थियो । चाउरीएका नीद्दारमा पीडा प्रसस्त देखिन्थ्यो । झट्ट आमिले हाम्रो घरको बुबाआमालाई समझीयौँ । कतै उहाँहरु प्नि अन्जानमा हाम्रो व्यवास्ताको स्विकार त बन्नुभएको छैन ।
यतिकैमा आशीष सरले फर्कने संकेत गर्नुभयो । हामि गह्ङ्गो मन लीएर फर्किदै गर्दा आशीष सरको कानमा आएर एकजना आमाले भन्नु भयो । बाबु सारै घुँडा दुख्छ शरीरमा मालीस गर्ने खालको एक सीसि तेल ल्याइदिनु है ।
(न्यौपाने कपन अनलाइनका प्रसिक्षार्थी पत्रकार तथा लुम्बिनी कलेजका पत्रकारिताका विद्यार्थी हुन् )