कामपा- ७ गोपीकृष्ण नगरका मतदाता संग डा. राजन भट्टराई र निर्मल कुइँकेलको अन्तरक्रिया

कामपा- ७ गोपीकृष्ण नगरका मतदाता संग डा. राजन भट्टराई र निर्मल कुइँकेलको अन्तरक्रिया

कपन अनलाइन 

काठमाडौं, मंगसिर ११/उत्तम अधिकारी

काठमाडौं क्षेत्र नम्बर ४  चाबहिलको गोपीकृष्ण नगरका मतदातासंग डा. राजन भट्टराई र निर्मल कुइँकेलले सामुहिक भेटघाट तथा अन्तरक्रिया गरेका छन् । उनीहरुले  सोमबार बिहान गोपीकृष्ण नगरको फुट्सलमा आयोजित एक कार्यक्रममा स्थानीय मतदाताहरुसंग साक्षात्कार गरेका हुन् ।

चिसो मौसममा एकाबिहानै उम्मेदवारहरुसंग भेटघाट गर्न जम्मा भएका मतदाताहरुलाई उम्मेदवारद्वयले आफ्नो मतको दुरुपयोग हुनबाट रोक्नको लागि उचित प्रतिनिधि चयन गर्न अनुरोध गरे ।

निर्वाचित भएर गएपछि टोल,गाउँमा मतदाता भेट्नै नआउने, आफैंले जिताएर पठाएको प्रतिनिधिलाई भेट्न पनि जनताले अर्को निर्वाचन कुर्नुपर्ने, आफ्नो क्षेत्रको मतदाताको दैनिक जीवनस्तरको अवस्था, बाटोघाटो, खानेपानी, बिजुली र सार्वजनिक यातायात जस्ता अति महत्वका दैनिक जीवनयापन संग सम्बन्धित बिषयमा संसदमा प्रतिनिधित्व गर्ने निर्वाचित जनप्रतिनिधि मौन रहने र मतदाताप्रति उत्तरदायी नहुने परिपाटीको अन्त्यका लागि क्षेत्र नम्बर ४ मा बाम गठबन्धनले विजय हासिल गर्नुपर्ने र यसका लागि मतदाताले बिगतलाई मूल्यांकन गर्दै सचेतता पुर्वक मतदान गर्नुपर्ने डा. भट्टराईले कार्यक्रममा बताएका थिए ।

कार्यक्रममा काठमाडौं क्षेत्र नम्वर ४ का प्रदेश १ मा  बाम गठबन्धनका  उम्मेदवार निर्मल कुइँकेलले राष्ट्रको दिर्घकालिन हीत, जनताको जीवनस्तर र दैनिकिमा सुधार, जेष्ठ नागरिकको सम्मान र सुबिधा, युवाका लागि रोजगार तथा देशको समग्र बिकासको निमित्त बाम गठबन्धनको बिकल्प नरहेकाले एक पटक बाम गठबन्धनलाइ बहुमत प्रदान गरेर परिक्षण गर्न र केहि गर्न नसके अर्को पटक बिकल्प रोज्न अनुरोध गरेका थिए  ।

कार्यक्रममा  साहित्यकार तारानाथ शर्मा, कामपा ७ का वडा अध्यक्ष शुद्द कुमार डंगोल तथा निर्वाचित जनप्रतिनिधिहरु, हिमाबाला महिला समुहकी अध्यक्ष मेनुका सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गोपीकृष्ण हित सेवा समितिका अध्यक्ष डीबी श्रेष्ठको अध्यक्षता र स्थानीय समाजसेवी एवं एमाले नेता बाबुराम शर्मा नेपालको संचालनमा  भएको  थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले देशका लागि स्थायी सरकारको अत्यन्तै जरुरि रहेको र त्यहि स्थिर सरकारका लागि यस पटक बाम गठबन्धनलाइ बिजयी गराएर देशमा चौतर्फी रुपमा देखिएको बेथितिको अन्त्य गर्न मतदाताको अहम भूमिका भएकाले त्यो भूमिका शसक्त भएर निर्वाह गर्नुपर्ने कुरा जोडतोडका साथ् उठाएका थिए ।

सो अवसरमा बाम गठबन्धनका उम्मेदवारद्वयले कार्यक्रममा उपस्थित २ दर्जन बढी जेष्ठ नागरिकहरुलाई खादा ओढाएर सम्मान गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।