रास्ट्रपति विद्यादेवी भण्डारी द्वारा रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालय भवन उद्घाटन

रास्ट्रपति विद्यादेवी भण्डारी द्वारा रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालय भवन उद्घाटन

कपन अनलाइन 

काठमाडौ,असोज २।

राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनःनिर्माण गरिएकोे रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालय भवनको आज उद्घाटन गरेकी छन  ।
नेपाली काँग्रेसका नेता एवं सांसद प्रकाशमान सिंह, राधेश्याम अधिकारीलगायत करिब चार सय दाताबाट संकलित रु एक करोड ११ लाखबाट आठकोठे भवन निर्माण गरिएको हो । सो विद्यालयमा दुई हजार १०० विद्यार्थी अध्ययनरत छन् ।

विसं २०६६ देखि अंग्रेजी माध्यममा पनि पढाइ शुरु गरिएको उक्त विद्यालयमा यस पटकको एसइइ परीक्षामा ४० विद्यार्थी ए प्लसमा उत्तीर्ण भएका थिए । सांसद नवराज शर्मा, अफिलाल ओखेडालगायत सांसदका छ छोराछोरी उक्त विद्यालयमा अध्ययनरत रहेको जनाइएको छ ।

उक्त विद्यालयमा सरकारीस्तरबाट उपलब्ध नयाँ भवनको आजै शिलान्यास गरिएको छ । एशियाली विकास बंैकको सहयोगमा प्रथम चरणमा नौ तथा दोस्रो चरणमा छकोठे भवनको निर्माण गरिने छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले प्रत्येक शैक्षिक संस्थामा पोषण र स्वास्थ्य शिक्षाका बारेमा सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले मुुलुकको सामाजिक–आर्थिक रुपान्तरण गरी समृद्ध नेपाल निर्माणको अभिभार पूरा गर्न चाहिने दक्ष जनशक्ति उत्पादनका लागि सबै शैक्षिक संस्थालाई कटिबद्ध भएर लाग्न आग्रह गरिन  ।
कार्यक्रममा नेता सिंह र अधिकारीले विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तरका लागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरिन  ।

विद्यालयका प्रअ डा गीता शिवाकोटी खरेलले भूकम्पका कारण दयनीय सो विद्यालयको पुनःनिर्माणमा बानेश्वरका बासिन्दा, विभिन्न संघसंस्था, सांसदलगायतको सहयोग प्राप्त भएको बताइन ।

उहाँले उक्त विद्यालयमा आगामी दिनमा विज्ञान संकाय पनि सञ्चालन र विभिन्न जिल्लाबाट आएका विद्यार्थीका लागि छात्रावासको व्यवस्था गरिने योजना रहेको जानकारी दिइन  । कार्यक्रममा विद्यालय पुनःनिर्माणमा सघाउने २४ व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।