मेरो सफलताको प्रमुख श्रेय मेरो परिवारलाई जान्छ : शान्ति नेपाल (उपप्रमुख, गोकर्णेश्वर नगरपालिका)

मेरो सफलताको प्रमुख श्रेय मेरो परिवारलाई जान्छ : शान्ति नेपाल (उपप्रमुख, गोकर्णेश्वर नगरपालिका)

कपन अनलाइन 

काठमाडौ,भाद्र २६ ।

यो सामग्रीमा हामीले स्थानीय तहको निर्वाचन बाट निर्वाचित विभिन्न नगरपालिकाका उपप्रमुखहरुको व्यवहारिक र प्रशासनिक जिम्मेवारीमा आउने कठिनाइ राम्रा नराम्रा पक्ष हरुमा केन्द्रित रहेर कुराकानी गरेका छौ । यो सामग्रीमा हामी गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल संग गरिएको कुराकानीमा आधारित रहेर तयार पारिएको सामाग्री प्रस्तुत गर्दै छौ ।

घर परिवार र कार्यालय जनताको काम गर्न समय व्यवस्थापनको कत्तिको चुनौती छ भन्ने कपन अनलाइनको प्रश्नमा उपप्रमुख नेपालले समय व्यवस्थापन परिस्थितिले निर्माण गरेको बताइन । घर परिवारको लागी बिहान बेलुकाको समय मिलाएको र अन्य समय जनताको कामको लागी समर्पण गरेको उनको भनाइ थियो । नेपाल सरकारले अहिले ठोस नीति र नियम नबनाएकोले अहिले कामको त्यति धेरै चाप नभए पनि सोचे जति समय भने निकाल्न कठिन रहेको उनको भनाइ छ ।

कार्यसम्पादनको शिलशिलमा आग्रह पूर्वाग्रह ,दवाव कत्तिको सामना गर्नु परेको छ भन्ने कपन अनलाइनको प्रश्नमा कहिले काही यस्तो आउने तर जनताको आवस्यकता अनुसार काम गरिरहेको बताइन । अहिले सम्मको अवधिमा कुनै किसिमको दवाव कार्यकर्ता वा कुनै स्थानीय बाट नआएको तर कार्यसम्पादन ढिलो भएको गुनासो भने सुन्नु परेको उनले बताइन ।

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुखको  आफ्नै विशेष पहलमा कुनै काम गर्ने पहल सुरु गर्नु भएको छ भन्ने हाम्रो प्रश्नमा नेपालले न्याय सम्पादनको क्षेत्रमा ,महिला हक अधिकार र विकास निर्माणको क्षेत्रमा विशेष काम गर्ने योजना रहेको बताइन । कानुनी र नियमित काम बाहेक निर्वाचनको क्रममा घोषणा गरेका अन्य काम सम्पन्न गर्न प्रमुख र वडा अध्यक्षहरु संगै निरन्तर लाग्ने र न्याय सम्पादनको कार्य पनि इजलास राखेर नियमित संचालन गर्ने योजना बनाएको नेपालले बताइन । यस क्रममा अहिले सम्म केहि बहु विवाह र अन्य कानुनी मुद्दाहरु फैसला गरेको उनले बताइन ।

आफ्नो कामको पहिलो प्राथमिकता आवस्यकताको आधारमा हुने र महिला शशक्तिकरण गर्न उधम शिलता बढाउने काममा अगाडी बढ्ने र यसमा उत्पादनमुखी कार्यलाई पहिलो प्राथमिकता दिने नेपालको धारणा छ । गोकर्णेश्वर नगरपालिकामा आगामी दिनमा आय आर्जनको कामलाई प्राथमिकतामा राखेर काम गर्ने उपप्रमुख नेपालले बताइन । नेपालले अर्को गर्नु पर्ने काम लुकेर बसेको र बाहिर आएको घरेलु हिंसा न्यूनीकरण रहेको यसमा आफुले शसक्त रुपमा लाग्ने बताइन ।

आफ्नो अहिले सम्मको सफलतामा आफ्नो घर परिवारको मुख्य योगदान रहेको बताउने नेपाल आफुलाई हरेक पाइलमा आफ्नो घर परिवारको साथ र सहयोग रहेको जसले गर्दा मात्रै उनी यो स्थान सम्म पुग्न सफल भएको सहर्ष स्वीकार गर्दछिन ।

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।