टेक्सास साकोस बुनपा १२ को आठौ वार्षिक साधारण सभा सम्पन्न

टेक्सास साकोस बुनपा १२ को आठौ वार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन 

काठमाडौ,भाद्र २६।

टेक्सास बचत तथा ॠण सहकारिको आठौ बार्षिक साधारण सभा विभिन्न निर्णय गर्दै भाद्र १६  गते सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि रास्ट्रिय अभिभावक संघ का केन्द्रिय अध्यक्ष  धर्मदत्त देबकोटा,विशेष अतिथि धिर प्रसाद भण्डारी लगायत संस्थाका सल्लहाकार ,सदस्य तथाअन्य सहकारीका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमाका प्रमुख अतिथी धर्मदत्त देबकोटाले दिगो  सहकारिको बिकासको लागि सहकारिको सिद्दान्त मुताबिक काम गर्न सकेको खन्डमा बैन्क ले गर्न नसकेका समुदाय केन्दृत काम गर्न सक्ने र अबको लगानी सहकारी मैत्री हुन सके हामिले राखेका लक्ष्य सोच पुराहुने धारणा राखेका थिए ।

त्यस्तै विशेष अतिथी धिर प्रसाद भण्डारीले सदस्य हरु बिच इमान्दार पुर्बक बचत तथा कर्जा प्रबाहा उत्पादन मुखी क्षेत्रमा लगानी गरिएको खन्डमा सद्स्यहरुको जीवन स्तर  उकास्न कुनै कठिन नहुने त्यस्मा बचत तथा कर्जा लगानी गर्दा उत्पादन्मुखी क्षेत्र पहिचान गर्न जरुरी छ भन्दै सफलताको  शुभकामना दिएका थिए ।

सस्थाको अध्यक्ष् मुरारि प्रसाद भण्डारिको अध्यक्ष्ता बसेको साधारण सभामा बर्ष भरी भय गरेका काम कार्यहरु तथा आगामी बर्षका कार्यकर्महरु माथी  छलफल गरि सद्स्यको हितमा रहने कार्य गर्ने निर्णय गर्दै सम्पन्न भएको थियो ।

तपाइँको प्रतिक्रिया ।