नेसनल प्याब्सनको छैठौं राष्ट्रिय महाधिवेशन कार्तिक १७ र १८ मा भैरहवामा हुने

नेसनल प्याब्सनको छैठौं राष्ट्रिय महाधिवेशन कार्तिक  १७ र १८ मा भैरहवामा हुने

कपन अनलाइन 

काठमाडौ,भाद्र २६।

राष्ट्रिय नीजि तथा आवासिय विद्यालय एसोसियशन नेपाल (नेसनल प्याब्सन) को छैठौं राष्ट्रिय महाधिवेशन रुपन्देही जिल्लाको भैरहवामा हुने भएको छ । हरेक ३/३ वर्षमा हुने महाधिवेशन यस वर्ष कात्तिक १७ र १८ गते भैरहवामा हुने भएको हो ।

आईतबार बुटवलमा भएको पत्रकार सम्मेलन तथा नेशनल प्याब्सन केन्द्रिय समितिको ११औँ पुर्ण बैठमा केन्द्रिय अध्यक्ष कर्ण बहादुर शाहीले महाधिवेशन भैरहवामा हुने बारे जानकारी दिए  । महाधिवेशनमा देश भरबाट १५ सय भन्दा बढी विद्यालयका प्रिन्सिपलहरुले सहभागिता जनाउदै छन् ।

नेसनल प्याब्सन नेपालका निजि विद्यालयहरुको छाता संगठन हो जसले निजि क्षेत्रको शिक्षा का   नीतिगत र प्राविधिक विषय हरुको लागी वकालत ,परामर्श र संघर्स गर्दै आएको छ। छैठौं राष्ट्रिय महाधिवेशनले आगामी कार्यकालको लागी नया नेतृत्व चयन गर्नेछ ।फोटो सौजन्य : कर्ण बहादुर शाही

तपाइँको प्रतिक्रिया ।