येसरी भयो क्रान्तिको सुरूवात ह्यूगो चाभेजः भेनेजुयलाका पूर्व राष्ट्रपति
ह्यूगो चाभेजः भेनेजुयलाका पूर्व राष्ट्रपति
युवा लेखक तथा पत्रकार रमेश लम्सालको पुस्तक ह्युगो चाभेज लेफ्टिनेन्टदेखि राष्ट्रपतिसम्म नामक पुस्तकबाट लिइएको सामग्री…
कमरेड, एलैडा सुन्नु होस, सेना बनाउने भन्ने कुरा एकदमै लामो प्रक्रिया पनि हुँदो रहेछ । सन् १९७० र १९८० को दशक अध्ययन, सूचना सङ्कलनमा खर्चियौ । त्यसले हामीलाई दिन दुई गुणा, रात चारगुणाको दरमा परिपक्क बनाउँदै लगेको थियौ । हामीमा आँट र साहस क्रमशः खदिलो बन्दै निष्कर्षमा पुग्न लागेको थियौ भने अब हामी जित्न सक्छौ । मुलुकलाई अराजकतामा धकेल्नेहरुलाई ठिक गर्न सक्छौँ । सन् १९८२ तिर म बोलिभियाको मध्य भागमा थिए । त्यो ठाउँ मलाई साह्रै मनपर्छ । म त्यति बेला केटौले सेकेण्ड लेफ्टिनेण्ट थिइन । क्याप्टेन भई सकेको थिए । त्यही बेला भेनेजुयलाको प्रख्यात रुख (केही केही त इतिहास रुख) ‘समन’ मुनि क्रान्तिको सपथ खाएका थियौ ।
त्यही रुखमुनी कुनै बेला हाम्रा आर्दश बोलिभारहरुले क्रान्ति क्याम्प खडा गरेका थिए । मान्छेहरु भन्छन् ‘त्यो रुख करिब ३ सय वर्ष’ पुरानो थियो । विशाल र अजङ्गको त्यो रुखमुनी सरकारी सेनाभित्रै रहेर बोलिभारिएन क्रान्तिको लहर ल्याउने सपथ हामीले खाएका थियौ । त्यो सपथमा बोलिभारिएन समाजवादको प्रत्यक्ष तस्विर हामीले देखेका थियौँ ।
सन् १९८० को दशक भरी नै हामीले भित्र भित्रै क्रान्तिका लागि काम ग¥यौ । त्यो काम नितान्त जटिल र भयावह छदैँ थियो । त्यो भयावहको बीचमा गरिएको काम अत्यन्तै रोमाञ्चक र सम्झना योग्य छ । मान्छेहरुले त त्यस घटनालाई दुस्साहसको पनि संज्ञा दिए । किनकी त्यो क्रान्तिको महान् अभियान थियो । आफूलाई कट्टर कम्युनिस्ट बताउनेहरुले त हाम्रो क्रान्तिलाई दक्षिणपन्थीको आरोप पनि लगाएको मैले सुनेको थिए र छु पनि । म यस्ता हल्का टिप्पणीको पछाडी दौड्ने मान्छे थिइन । किनकी हाम्रो क्रान्ति त उद्देश्य सहितको क्रान्ति थियो । हामी जनताका पक्षमा लडेका थियौँ । जसरी कमरेड चे लड्नुभयो । हामी लगभग त्यस्तै मार्गमा छौ । बाटो त फरक छ । बाटो फरक भयो भनेर त्यसलाई गलत ढंगले व्याख्या गर्ने संस्कृति मलाई मन पर्दैन ।
मेरो स्वभाव फौजी हो । म त्यत्ति लल्पन– छप्पन जान्दिन । सन् १९९० को सुदुवाती थियो । संसारभर समाजवाद ढलेको भन्ने खबर आइरहन्थ्यो, तर हामी त्यसैको यात्रामा थियो । सन् १९७० देखि तयारी गरेको महान अभियानलाई सफल पार्नु चानचुने कुरा थिएन । सन् १९९२ सम्म पनि हामी निरन्तर त्यही काममा खटेको थियौँ । १९९२ फेब्रअरी ४ हाम्रो अन्तिम दिन थियो । त्यसैदिन हामी काराकास कब्जा गर्ने लक्ष्य राखेका थियौँ । काराकास कब्जा गरेपछि देश भरीका अरु सैनिक क्याम्पहरु त स्वतः नियन्त्रणमा आउँछन् भन्ने नै थियो ।
म त्यतिखेर सरकारी सेनाको लेफ्टिनेन्ट कर्नेलको पदमा थिए । योजना कार्यान्वयनका लागि विभिन्न आर्कमा फरक–फरक रुपमा साथीहरु खटिने योजना बनाइयो । त्यसमा सेनाको क्याम्प कब्जा गर्ने पहिलो योजना थियो भने दोस्रोमा राष्ट्रपति भवन कब्जा गर्ने र राष्ट्रपतिलाई पक्रेर जेल हाल्ने दोस्रोमा थियो । यसको सबै संयोजन मैले नै गरेको थिए । जब मैले काशन गरे । मेरा साथीहरु कोतखानातिर दौडिए र एक निमेषमा नै कोतखाना कब्जा भयो । प्रतिकार गर्न खोज्नेहरु पनि लेफ्टिपनेट कर्नेलको निर्देशनमा भएको भन्दै चुप लागेन पछि त उनीहरु पनि मेरै कित्तामा आइ पुगे । काराकासको सान कार्लो सैनिक व्यारेक बोलिभारिएन मुक्ति सेनाको कब्जामा परेको थियो । हाम्रा साथीहरु खुसीले चिच्याउँदै थिए । सैनिक विद्रोह गरेर सानकार्लाे व्यारेक कब्जा गरेपछि हामी राष्ट्रपति निवास मिराफ्लर्सतिर अगाडी बढ्यौ । सैनिक क्याम्प कब्जा गरे रे भन्ने हल्ला काराकास भरी फैलिइसकेको थियो । हामी माथि ठूलो संकट आइपर्ने खतरा पनि कायम नै थियो । राष्ट्रपति भवन अगाडी बढ्दै गर्दा हामीले विभिन्न अवरोधहरुको सामना गर्नु परेको थियो । राष्ट्रपति भवन वरपरबाट भीषण लडाई भयो । तर कुनै पनि उपाय लगाउँदा पनि राष्ट्रपति भवन कब्जा गर्न सकिएन । अन्ततः हामी कि त आत्म सर्मपण गर्नु पर्ने, या कि त मारिनुपर्ने अवस्थामा पुग्यो । मेरो केही प्रिय योद्धाहरु त मारिएपनि किनकी हामी जुन उद्देश्य लिएर मोर्चामा खटेका थियौ, त्यो काम सम्पन्न नगरीकन फर्कनु पर्ने अवस्थामा पुगेका थियौँ । लडाई लगभग अन्त्य भयो त्यस दिनको । म सहित मेरा साथीहरु पनि समातियौ । कहाँ नेर गल्ती भयो, र के कारण असफल भयो, भन्नेमा हाम्रो समिक्षाको पाटो रह्यो ।
हाम्रो सैन्य विद्रोह असफल भए पनि सो विद्रोहले बर्षाै देखिको हाम्रो शक्ति भने विस्तार भएको थियो । हामी शक्ति सञ्चय भने गर्न सफल भएको थियो । हामीलाई नियन्त्रणमा लिएर सेनाको कष्टडीमा राखिएको थियो । हामी जेलमै रहे पनि सेनामा विद्रोह जारी रहेको थियो । हामीलाई त्यति धेरै यातना भने दिइएको थिएन । साथीहरु, सिपाहीहरुले सम्मानपूर्वक नै राखेका थिए । अपवाद बाहेक हामी प्रतिको व्यवहार राम्रै थियो । सेनाका उच्च अधिकृतहरु बाहेक तल्ला तहकाहरुले हाम्रो अभियानलाई साथ नै दिएका थिए । हाम्रो त्यही साथ र सहयोगका कारण सेनाभित्र विद्रोह जारी रहेको थियो । हामी जेलमा रहँदा पनि हामीले सङ्गठन विस्तारको कामलाई जारी राख्यौँ, हामीलाई रिहाई गरिदाको दिनसम्म पनि त्यो काम जारी रहेको थियो । किनकी हामी निरन्तर रुपमा सेनाको सम्पर्कमा थियौ । जसका कारण हामी कष्टडीमा परेको भन्ने समेत अनुभव गर्न पाएका थिएनौ । किनकी हामी हाम्रो उद्देश्यमा प्रष्ट थियौँ, दृढ निश्चयी थियौँ ।