दशैँ : ईश्वर नगरकोटी (कविता )

दशैँ : ईश्वर नगरकोटी (कविता )

कपन अनलाइन

काठमाण्डौ,असोज ६ ।

प्रकृति छ गदगदफूल फुल्छ मगमग
खुसीहाँसो आनन्दले रमेको छ जगजग
ठन्डा बतास न्यानो घाम मानिसकोे चहलपहल
रंगीचंगीसिंगार पटार झुप्रो होस कि महल

दशैँआयो दशैँ आयो भन्छन् बालकउफ्रीउफ्री
चंगा उडाइ पिङ खेल्छन् एकै ठाउँमा थुप्रिथुप्रि
राम्रो नाना मीठो खाना रम्छन् दुःखपीर भुली
कति राम्रो दशैँहाम्रो चाडपर्वको सुन्दर चुली

दुर्गामाँको पूजा गर्छौँ अन्धकार हटाउन
हाँसो, ख्याल ठट्टा गर्छौँ दुःखपीर घटाउन
रातो टिका जमराले हँसिलो मुखबनाइकन
अग्रजहरुको आशिर्वादले गद्गद् हुन्छौँ मनमन

धुपदिपनैवेद्यको वास्ना चल्छ सरसर
खुसीहाँसो आनन्दको वर्षा हुन्छ बरबर
प्रकृति छ गदगदफूल फुल्छ मगमग
खुसीहाँसो आनन्दले रमेको छ जगजग

 

तपाइँको प्रतिक्रिया ।