सञ्जयु बा बा को कुरा अदालतले पत्याएन, जेल जाने पक्का

सन् १९९३ मा मुम्बइमा भएको शृंखलाबद्ध आक्रमण तथा अवैध हतियार राखेको आरोपमा दोषी ठहरिएका बलिउड स्टार नायक सञ्जय दत्त (सञ्जयु बा बा) को सजाय पुन:विचार गरियोस भनि राखिएको याचिकालाई खारेज गरिदिएको छ ।

Sanjay-Dutt2_0उनलाई मुम्बई बम विष्फोटसँग जोडिएका गैरकानुनी हतियार राख्ने मुद्धामा अदालतले ५ वर्षको जेल सजाय सुनाएको थियो । सञ्जय दत्तलाई गैरकानुनी रूपमा नौ एमएमको पिस्तोल र एके ५६ राइफल राखेको आरोपमा ५ वर्षको सजाय सुनाएको थियो । यी हतियारहरु मुम्बई हमाला प्रयोग गरिएको हतियार ल्याइएकै समयमा मुम्बई ल्याइएको थियो । सन १९९३ मा भएको बम विष्फोटमा २५७ जना मारिएका थिए ।

अदालतले याचीकालाई खारेज गरिदिएपछी अब सञ्जय दत्त जेल जानु पर्ने भएको छ । पाँच वर्षको जेल सजाय सुनाइएका नायक सञ्जय दत्तले करिब डेढ वर्ष यसअघि नै जेलमा बिताइसकेकाले उनले अब साढे ३ वर्ष जेलमा बिताउनु पर्नेछ ।
उनी एक महिना अगावै जेल जानु पर्ने भएपनि उनले एक महिलाको समय मागेका थिए । अब नयाँ फैसला पछि उनी १६ मे देखि जेल जानु पर्ने हुन्छ ।

उनले अदातलमा सँग मागेको समय छोटिँदै जाँदा उनको चलचित्रमा रहेका काम गर्ने गति पनि बढ्दै गएको छ । उनले सकेसम्म आफूले बचन दिइसकेका सबै चलचित्रको अभिनय तथा डबिङको काम सक्ने भन्दै दिनरात काम गरिरहेका छन् । उनले यसैक्रममा जम्मा ३ घण्टामा एउटा चलचित्रको डबिङ सकेर किर्तिमान समेत बनाइसकेका छन् ।

तपाइँको प्रतिक्रिया ।