समाजको आवाजको नयाँ विशेषांक सार्वजनिक

 

163567_448515231907695_1312518169_nकपन अनलाइन कपनमा सामाजिक कार्यमा क्रियाशील समाजको आवाज भन्ने संस्थाले प्रकाशित गर्ने वार्षिक पत्रिका समाजको आवाज को तेस्रो अंक सार्वजनिक भएको छ । गत शनिवार आयोजित विशेष कार्यक्रममा वरिष्ठ गीतकार तथा कवि कालिप्रसाद रिजाले नयाँ अंकको लोकार्पण गरे । कपन तथा आसपासका साहित्यकार, समाजसेवी, राजनीतिज्ञका उपस्थितिमा आयोजित कार्यक्रममा कविहरुले कविता पाठ तथा सुगम संगीत एवम् गजल पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कालिप्रसाद रिजालले कपन क्षेत्रमा निस्किएको यो विशिष्ट पत्रिका हो भन्दै पत्रिकाको दीर्घायूको कामना गरेका थिए भने अन्य वक्ताहरुले पनि समाजको आवाजको उत्तरोत्तर प्रगतिको कामना गरेको थिए ।
प्रकाशकको तर्फबाट संस्थाका अध्यक्ष राजु बस्नेतले कपनवासीको अपार मायाका कारण सामाजिक कृयाशिलताका साथमा कपनका विषयवस्तुसहितको पत्रिका प्रकाशन गर्न प्रेरणा मिलेको बताए । उनले आगामि दिनमा अझै महत्वपूर्ण कार्यहरुमा संस्था अग्रसर हुने जानकारी दिएका थिए ।
समाजको आवाजको तेस्रो अंकमा कपनको चिनारीसहित विभिन्न विषयका लेखहरुका साथमा साहित्यलाई समेटिएको छ । समाजको आवाजलाई कवि तीर्थ अधिकारीले सम्पादन गर्ने गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।