मतदाता नामावली संकलन प्रकरण निर्वाचन आयोग बुढानिलकण्ठ नगरपालिकामा
कपन अनलाइन
काठमाडौ,भाद्र १२।
बुढानिलकण्ठ नगरपालिकाको नामावली संकलन प्रकरणको सत्य तथ्य छानविनको लागी निर्वाचन आयोगको टोलीले आज स्थनीय राजनीतिक दल र जनता संग राय संकलन गरेको छ । निर्वाचन आयोगका उपसचिवको नेतृत्वमा आएको टोलीले स्थानीय संग घटनाको विवरण र अन्य जानकारी लिएको हो।
निर्वाचन आयोगको टोलीले भरेका फारमहरुको छानविन सुरु गरिसकेको र यसको थप विवरण संकलन गर्नका लागी आएको बताएका थिए भने त्यहा उपस्थित राजनीतिक दलका कार्यकर्ता र स्थानीयले दोषी पत्ता लगाई कारवाही गर्नु पर्ने माग गरेका छन ।
मतदाता नामावली संकलनको क्रममा भाद्र ३ गते बेलुका नामावली संकलन एमाले नेताको घरमा गरिएको भन्दै नगरपालिकामा तालावन्दी गरिएको थियो । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले बिज्ञप्ति जारी गरेर घटनाको छानविन गर्ने प्रतिवदत्ता ब्यक्त गरेपछी तालावन्दी खोलिएको थियो ।
मतदाता नामावली संकलनको क्रममा भरिएका फारम र अन्य सामग्री निर्वाचन कार्यालयमा रहेको छ भने त्यसमाथि छानविन भैरहेको निर्वाचन कार्यालयले बताएको छ ।