बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको सिद्धेस्वर मन्दिरमा पहिरो गयो

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको सिद्धेस्वर मन्दिरमा पहिरो गयो

कपन अनलाइन

काठमाडौ,साउन ३१

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको सिद्धेस्वर मन्दिर परिसरमा भिषण वर्षका कारण पहिरो गएकी छ । उच्च स्थानमा रहेको सो मन्दिर वरपर वृक्षारोपण भए पनि भूक्षय रोक्न सकिएको छैन ।

यसको निरमना स्थल डाडामा रहेको छ र तल्लो स्थानमा कमजोर संरचना रहेको कारण वेला वेलामा पहिरो जाने गरेको स्थानीयवासीहरुको भनाई छ । अव यसको दिर्घकालिन समाधान खोज्नु पर्ने वेला आएको उनको भनाइ रहेको थियो।

अस्थायी रुपमा बाँस  र अन्य सामग्रीको प्रयोग गरेर पहिरो रोक्ने प्रयास भएपनि सडक बाटै पर्खाल निर्माण गरी यसको रोकथाम नभए जोखिम सधै रहने देखिन्छ।

बिहानै मन्दिर परिसरमा पुगेका वडा नं १० का अध्यक्ष नवराज भट्टराईले यस समस्याको  समाधानका लागी वडाले  जुनसुकै प्रकारको सहयोग गर्ने प्रतिवदत्ता व्यक्त गरेको सिद्धेस्वर मन्दिर संरक्षण समितिका अध्यक्ष उद्दवराज भट्टराईले बताए ।फोटो सौजन्य :उद्दव राज भट्टराई

तपाइँको प्रतिक्रिया ।