चन्द्रागिरी नगरपालीका वडा नं ७ का योजना तथा कार्यक्रमहरु
कपन अनलाइन
काठमाडौ,साउन २८।
चन्द्रागिरी नगरपालीका वडा नं ७ का मुख्य तथा सहायक सडकहरुको मर्मत ,सुधार , विस्तार तथा निर्माण गरी वडाका प्रत्येक टोलमा सहज यातायात को व्यवस्था गर्ने मुक्य योजना रहेको वडा नं ७ का अध्यक्ष शम्भु कुमार के.सीले बताए ।
वडा नं ७ का मुख्य तथा सहायक सडकहरुमा पन्चकन्या गेटबाट माथी जाने मोटर बाटो निर्माण गर्ने, सीताको घर देखी दिपक कार्कीको घर सम्म बाटो निर्माण गर्ने, ओमकारेश्वर मन्दिर देखी पूर्वपट्टी सिमचौर वाणस्थली जाने बाटो निर्माण गरि ढल व्यवस्थापन गर्ने, त्रिभुवन राजपथ जुलुमको घर देखी चन्द्रागिरि सहकारी हुदै सिमचौर सम्म कालोपत्रे र्ममत तथा ढल निर्मण गर्ने, चन्द्रागिरी आवस भित्र खोलामा ढल निर्माण र ढलान गर्ने, रमेश रुपाखेतीको घरबाट राजमार्ग जोड्ने (बेवी पाउरोटी) ढलान तथा ढल व्यवस्थापन गर्ने, ॐ शान्ती मार्य ढलान, राजेश बानियाको तगारो देखी चापबोट हुदै गौचरण जोड्ने बाटो ढलान बाणस्थली पिपल चौतारा बाट त्रिवेणी घाट सम्म रिटेनिङ वाल लगाउने, भरतको घर देखी सुरेन्द्रको घर महाकाल मार्ग सम्म जोड्ने बाटो ढलान गर्ने, वनदेवी मार्ग पाइप फ्याक्ट्री सम्म बाटो ढलान तथा ढल व्यवस्थापन गर्ने, बद्री राउतको घर देखी पुष्प दाईको घर तर्फ बाटो ढलान तथा ढल व्यवस्थापन गर्ने र लामा चिहान निर्माण तथा मोटर बाटो निर्माण गर्ने साथै अन्य साखा र सहायक मार्यमा आवश्यकता हेरि र्ममत तथा स्तरउन्नती गर्ने योजना रहेको वडा नंं ७ का अध्यक्ष के.सीले बताए ।
वडा भित्र रहेका खानेपानीको समस्या समाधानको लागि मातातिर्थ खानेपानी तथा सरसफाई उपभोता समिति संग समन्वय गरी खानेपानी व्यवस्थित गर्ने र सिचाइको लागि टयान्की निर्माण गर्ने, ठकुरी कुवा मर्मत गर्ने , सिमचौर इनार मर्मतगर्ने , पाखा पधेराका धारा मर्मत गर्ने ,बन्देवीमा पानी टयान्की निर्माण गर्ने र हाल भएका बोरिङ व्यवस्थित गरी खानेपानी वितरण गर्ने योजना वडा नं. ७ ले बनाएको छ ।
वडा नं ७ मा कृषि तरकारी खेती तालिम कम्पोस्ट मल तालिम, कृषि कार्यक्रम संचालन गर्ने, महिलालाई घरेलु हिसाब सम्बन्धी तालिम, महिला नेतृत्व विकास तालिम, आयआर्जन सीपमुलक तालिम, उद्धोषण तालिम, स्वयंसेवीका मैत्री समुहलाई तालिम दिने, नागरिक सचेतना केन्द्रमा महिला स्वास्थ्य तालिम संचालन गर्ने र कम्पुटर तालिमका साथै बालबालिकाहरुलाई बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गर्ने योजना रहेको वडा नं. ७ का अध्यक्ष के.सीले बताए ।
वडा नं ७ भित्र रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने विशेष योजना रहेको अध्यक्ष केसीले बताए। जसमा बाणस्थलीमा बाल उध्यान निर्माण गर्ने, रानाकुवा क्रियापुत्री भवन निर्माण गर्ने, देउराली युवा क्लव भवन मर्मत गर्ने, बाणस्थलीको युवा समाज भवन मर्मत गर्ने, भादगाउले मन्दिर निर्माण गर्ने, ॐ कारेश्वर मन्दिरमा ट्रस्ट निर्माण गर्ने, आशापुरी महादेव मन्दिर संरक्षण गर्ने, नाग मन्दिर, वनदेवी मन्दिर निर्माण गर्ने सांस्कृतिक बाजागाजाको जगेर्ना गर्ने र पर्यटन प्रवर्धन सम्बन्धी कार्यक्रम गर्ने योजना वडा नं.७ को रहेको छ ।
वडामा रहेका सार्वजनिक जग्गा संरक्षण गर्नेर प्रभात मावीलाई उच्च तहसम्म संचालन गर्नुका साथै शैक्षिक गुणस्तर सुधारका लागी वडाले आवश्यक पहल गर्ने योजना बनाएको छ । त्यस्तै वडाको पायक पर्ने र आवस्यक स्थानमा सौर्य बत्ती जडान गर्ने योजना रहेको अध्यक्ष केसीले बताए ।
वडा नं ७ मा रहेका अशक्त जेष्ठ नागरिकहरुलाई घरघरमै सामाजिक सुरक्षा भत्ता पुर्याउने योजना वडा नं ७ ले बनाएको छ । वडामा सेवा लिन आउने सेवाग्राहीहरुलाई छिटो छरितो सेवा दिने योजना रहेको वडा नं.७ का अध्यक्ष के.सीले बताए ।
वडा नं ७ मा अध्यक्ष केसी सहित कुमारी थापा ,महाबिर खड्का ,शुलोचना परियार र कृष्ण कुमार राणा जनप्रतिनिधि रहेका छन ।