शान्तिको सन्देस कविता वाचन कार्यक्रम सम्पन्न

शान्तिको सन्देस कविता वाचन कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौ,साउन २८।

शान्तिनगर उपभोक्ता समिति काठमाडौ महानगर पालिका वडा नं ६ ले आफ्नो साहित्यिक मासिक कार्यक्रम”शान्तिको सन्देस”को १३ औ शृंखला सम्पन्न गरेको छ । समितिले हरेक महिना आफ्नो कार्यालय भवनमा साहित्यिक कार्यक्रम आयोजना गर्दै आएको छ ।

मासिक साहित्यिक कार्यक्रमको १३ औ शृंखलामा विभिन्न कवीहरुले आफ्नो रचना वाचन गरेका छन ।यस शृंखलामा निशान सुवेदी ,निशान ढकाल ,टेक राज घिमिरे ,ओम प्रसाद कोइराला ,माधव लाल श्रेष्ठ ,किशोर श्रेष्ठ “आवाज “,हुमराज गुरुङ ,पुस्पा धमला ,रसिक रश्मी ,गणेश प्रसाद खतिवडा ,महेस बास्कोटा ,ढुंडी राज मरासिनी ,पिताम्वर भण्डारी ,भिम कुमारी कोइराला ,गोमा खरेल ,डा . शेस राज ,बल्धव कार्की ,डा .विदुर चालिसे लगायतले रचना वाचन गरेका थिए ।

यो साहित्यिक कार्यक्रम साहित्यको उत्थानको साथै समितिको रचनात्मक गतिविधिको शृंखलाको रुपमा रहेको समितिका माधवलाल श्रेष्ठले बताए । यो निरन्तर चल्ने र इच्छुक साहित्य अनुरागी जोसुकैले भाग लिन सक्ने उनको भनाइ थियो।

तपाइँको प्रतिक्रिया ।