यसरी खर्च गरियो सांसद रामवीर मानन्धरको सांसद विकास कोषको रकम

यसरी खर्च गरियो सांसद रामवीर मानन्धरको सांसद विकास कोषको रकम

कपन अनलाइन 

काठमाडौ,साउन २७।

काठमाडौ जिल्ला  निर्वाचन क्षेत्र नं ७  का सांसद रामवीर मानन्धरको सांसद विकास कोष र निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष अन्तर्गत क्षेत्रका विभिन्न योजना तथा कार्यक्रमहरुमा बजेट बिनियोजन भएको थियो  । काठमाडौ जिल्ला निर्वाचन क्षेत्र नं ७ मा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत  ५० लाख र निर्वाचन क्षेत्र पूर्वधार विशेष कार्यक्रम अन्तर्गत  १ करोड ५५ लाख बिनियोजन भै विभिन्न योजना तथा कार्यक्रममा खर्च भएको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा  निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत काठमाण्डौं क्षेत्र नं.७ मा परेका योजनाहरुको विवरण तल प्रस्तुत गरिएकोछ। 

१. सिप मुलक तालिम क्षेत्र नं.७ – ५ लाख
२. बखल गहिरो उकालो ता.न.पा ५ –१० लाख
३. रमाइलो वस्तीटोल ढल निर्माण ता.न.पा ५ – १ लाख ५० हजार
४. नमुनाटोल नयाँवस्ती ढल निर्माण ता.न.पा ५ – १ लाख ५० हजार
५. माहँकाल मन्दिर छवे लिमा बाटो निर्माण ता.न.पा ५ – १ लाख
६. सामुदागिक विकास संघ ट्रष्ट निर्माण का.म.पा १६ – ४ लाख
७. देवी स्थान चौरमा ट्रष्ट निर्माण ता.न.पा ३ – १ लाख
८.नार्गजुन नि.मा.वि ठुला गाँउ जाने बाटो निर्माण ता.न.पा ३ – २ लाख
९. श्री कृष्ण मन्दिर परिसरमा फर्निचर खरिद का.म.पा २५ – १ लाख
१०. पचली भैरव मन्दिर परिसरमा सिढि निर्माण ना.न.पा – १ लाख
११. राधाकृष्ण मन्दिर र देवीस्थान मन्दिर परिसरमा शौचालय निर्माण ता.न.पा ५ – १ लाख ५० हजार
१२. शुन्दर वस्ती बाटो निर्माण ता.न.पा ५ – १ लाख ५० हजार
१३. कालीका शरण मा.वि.मा विज्ञान सामग्री खरिद ता.न.पा ३ – १ लाख
१४. फुयाल थोकमा चौतारो निर्माण ता.न.पा ५ – १ लाख
१५. इचङगु नारायण मन्दिर परिसरमा पार्टी निर्माण ना.न.पा ३ – ५ लाख
१६. तारकेश्वर खानेपानी योजना ता.न.पा ३ – ४ लाख
१७. एक पिप्ले शिवमन्दिर पुनस्थापना ता.न.पा ३ – १ लाख
१८. क्यामरा मर्मत तालिम ता.न.पा ३ – १ लाख
१९. जीतगुरु गणेश टोलमा बाटो ढलान ता.न.पा ४ – १ लाख

जम्मा : ५० लाख 

निर्वाचन क्षेत्र पूर्वधार विशेष कार्यक्रम अन्तर्गत काठमाण्डौं क्षेत्र नं.७ मा परेका योजनाहरु निम्नानुसार रहेका छन । 

१. चिम्बर देवी सरस्वती मन्दिर जाने बाटो ढलान ता.न.पा ३ – १० लाख
२. नयाँ पुल नागिनि खोलामा वाल निर्माण ता.न.पा ४ – १० लाख
३. राधाकृष्ण मन्दिर ढल निर्माण का.म.पा १६ – १५ लाख
४. माछापुच्छे टोल वाल निर्माण ता.न.पा ४ – १० लाख
५. विद्यामार्ग देवनगर बाटो ढलान ना.न.पा २ – १० लाख
६. बैंखु उकालो बाटो ढलान ता.न.पा ५ – १० लाख
७. तिनधारा सिता बाल विकास स्कुल जाने बाटो ढलान ना.न.पा १ – १० लाख
८. हरियाली समाज देखि मुल सडक सम्म ढल निर्माण ता.न.पा ५ – १० लाख
९. पाचँधारा सशस्त्र प्रहरीमार्ग बाटो ढलान ना.न.पा ३ – १० लाख
१०. जित गुरु गणेश पार्क तथा बाटो ढलान ता.न.पा ४ – १० लाख
११. भुवनेश्वरी मन्दिर मर्मत ता.न.पा ३– १० लाख
१२. भुवण मन्दिर तथा छोर्तेन निर्माण ना.न.पा १ – १० लाख
१३. आठ माइल डाँडागाँउ बाटो ता.न.पा ३ – १० लाख
१४. नार्गजुन नगर बाटो ढलान ता.न.पा ४ – १० लाख
१५. इचङगु नारायण नि.मा.वि भवन निर्माण ना.न.पा– १० लाख

जम्मा : १ करोड ५५ लाख

जिल्ला विकास समिति मार्फत टेन्डरभै क्षेत्र नं ७ मा संचालन भईरहेका योजनाहरु निम्नानुसार रहेका छन ।
१. टेगलचोक देखि ढलको जाने बाटो कालोपात्रे का.म.पा १७,१८ – १५ लाख
२.टेगलचोक बाट रक्तकाली हुदै नरदेवी जाने बाटो ढल निर्माण का.म.पा १८ – १० लाख
३. तिनपिप्ले दसखफेदी जाने बाटो कालोपात्रे ता.न.पा ३ – १५ लाख
४. बादेश्वर इचङगु रामकोट बाटो, कालोपत्र ना.न.पा ३ – १५ लाख
५. सौर्य सडक बत्ती का.म.पा १६,१७,१८,२६,२७,२८ – ४० लाख
६. ककपिट टोल ढल तथा बाटो कालोपात्रे ता.न.पा ३ – १० लाख
७. अमर रत्न टोल यराहिटि बाटो कालोपत्रे का.न.पा १६ – १० लाख
८. पुरानो बाटो गुहेश्वरी ढलान तथा कालोपत्रे ता.न.पा ४ – १० लाख
९. संगमचोक देखि तिनघरे जोड्ने बाटो ढलान ना.न.पा २ – १० लाख
१०. नागिनी खोला देखि लोलाङ पिपलबोट सम्म बाटो ढलान ना.न.पा ४ – १० लाख
११ . मन्त्रालयको बजेटबाट का.म.पा १६ – १० लाख

यी कार्यक्रमको अलावा सांसद मानन्धरको पहलमा विभिन्न रास्ट्रिय स्तरका योजना तथा कार्यक्रमहरु संचालनमा रहेका छन ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।