चन्द्रागिरी नगरपालिका वडा नं. ११ का योजना तथा कार्यक्रमहरु

चन्द्रागिरी नगरपालिका वडा नं. ११ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन

काठमाडौ,साउन २७।

चन्द्रागिरी नगरपालिका वडा नं. ११ का  सार्वजनिक जग्गा संरक्षण र  रेखांकन गरी अभिलेख राख्ने र उचित स्थान छनोट गरि पूर्वधार निर्माण गर्ने मुख्य योजना रहेको वडा नं ११ का अध्यक्ष हरिभक्त महर्जनले बताए।

वडा नं. ११ का मुख्य तथा सहायक सडकहरुमा भएको गोरेटो वाटोउन्मुलन गर्ने, ग्रोबेल गरेको बाटो अधिकास कालोपत्र गर्ने, आवश्यकता हेरी  ढलान र ब्लक छाप्ने, सतुङ्गलबाट मातातिर्थ जाने बाटो स्तरउन्नती गर्ने, सतुङ्ल विष्णुदेवी  मावीबाट तीनथाना हुदै किर्तिपुर सडक जोड्ने, सतुङ्गल सिप्रदी अगाडि बाट बसीगाँउ जाने बाटो ढलान सहित मर्मत गरी कालोपत्र  गर्ने, एखाटोल त्रिभुवन राजपथ जोड्ने बाटो ढलान गर्ने, र विष्णुदेवि स्कुल पछाडी बाट बशुन्धारा टोल हुदै एलजी कारखानाको बाटो मर्मत गर्दै स्तरउन्नती गर्ने योजना  रहेको अध्यक्ष महर्जनले बताए ।

वडामा रहेका खानेपानी समस्या समधानका लागी   सतुङगल वरपिपल र जोरुचामा खानेपानीको टयाङ्की निर्माण गर्ने र साथै एक घर एक धारा विस्तार गर्ने योजना वडा नं. ११ ले बनाएको छ ।

वडामा रहेका जेष्ठ नागरिकलाई सम्मान र धार्मिक भ्रमण गराउनुा साथै उनीहरुको सामाजिक सुक्षा भत्ता घरमै पु¥याउने योजना रहेको वडा नं. ११ का अध्यक्ष महर्जनले बताए ।

वडा नं ११ मा रहेका विष्णुदेवी  मन्दिर पुननिर्माणका लागी पुरातत्व विभाग संग समन्वय गर्नुका साथै यस वडामा भएका अन्य मठ मन्दिरको संरक्षण गर्ने र संस्कृतिक महत्वका ऐतिहासिक नाम भाषा लोप हुन नदिन प्रयास गर्ने र पुरानो नामहरु पुनर्जीवित गर्ने योजना वडा नं. ११ को रहेको छ ।
वडा नं ११ मा  रहेको  स्वास्थ्य चौकी स्तरउन्नती गर्ने रविभिन्न समयमा स्वास्थ्य शिविर संचालन गर्ने योजना वडा ले बनाएको छ । वडामा रहेका शैक्षिक गुणस्तर वृद्धि र सुधारको लागि वडाले आवश्यक पहल गर्ने योजना रहेको वडाका अध्यक्ष महर्जनले बताए ।

वडा भित्र रहेका भैंसी बजार फोहोर भएको र ७ दिने अल्टिमेत सहित हटाउन सुरु गरिएको छ।  यसका साथै फोहोर मैला  व्यवस्थापन सम्बन्धी तालिम दिने र सड्ने फोहर व्यवस्थापन गर्न कण्टेनर वितरण गर्ने योजना वडा नं. ११ ले बनाएको छ ।

वडा नं ११ का मुख्य चोकमा सौर्यबत्ती र सुरक्षाको लागिसिसि टिभि जडान गर्ने साथै  यातायात सुविधाका लागी सतुङ्ल, तिनथाना, किर्तिपुर, रत्नपार्क र लगनखेल सम्म बस संचालन गर्ने योजना वडा नं ११ ले बनाएको छ ।

वडामा रहेका सेवा लिन आउने सेवाग्राहीहरुलाई छिटोछरितो सेवा साथै मुस्कान सहितको सेवा दिदै  सुशासन कायम गर्ने योजना वडाले बनाएको छ ।
मुख्य चोकमा सौर्यबत्ती र सुरक्षाको लागी  सिसिटिभि जडान गर्ने साथै सतुङ्ल, तिनथाना, किर्तिपुर, रत्नपार्क र लगनखेल सम्म बस संचालन गर्ने योजना वडाले बनाएको छ ।

तपाइँको प्रतिक्रिया ।