नवराज ढुंगानाको सरुवासँगै कपन प्रभाग इन्स्पेक्टरविहिन भएको छ
कपन अनलाइनसरकारले इन्स्पेक्टरहरुको सरुवा गरेपछि कपन प्रहरी प्रभागका नवराज ढुंगाना पनि सरुवा भएको छ । उनको हेडक्वाटर सरुवा भए लगत्तै कपनमा सार्वजनिक रुपमा देखिएका छैनन् । अहिले कपन इन्स्पेक्टर विहिन अवस्थामा रहेको छ । सब इन्स्पेक्टरको नेतृत्वमा कपन प्रभाग विगत ४ दिनदेखि चलिरहेको छ ।
कपन ३ मिलनचोकमा डेढवर्ष अघि भएको गोलीकाण्डपछि कपन प्रभागमा बौद्ध वृत्तबाट इन्स्पेक्टर काजमा खटाइएको थियो । त्यहि बेला कपन आएका नवराज ढुंगानाको सरुवासँगै कपन इन्स्पेक्टरविहिन हुन सक्ने अवस्थामा पुगेको छ । यदि कपनमा कार्यरत राजनीतिक दल तथा जनसमुदायले चाँडै नै पहल नगरे अर्काे इन्स्पेक्टर यहाँ आउने संभावना नभएको कपन प्रभागका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा कपन अनलाइनलाई बताए ।
ठूलो बस्तिकोे रुपमा विकसित भएको कपनमा इन्स्पेक्टरको दरबन्दिमा अलि धेरै प्रहरी हुनु आवश्यक भएको पटकपटक औंल्याइरहेको अवस्थामा कपनका केही ठाउँमा थप प्रहरी बिट बनाउनु पर्ने आवाज उठिरहेको छ । यस्तो अवस्थामा इन्स्पेक्टरको सरुवा हुनु र कपनवासीहरु यो विषयमा चासोहिन हुनु यहाँको शान्तिसुरक्षा विग्रनु पनि हो ।