कपन एमालेमा ध्रुवराज न्यौपानको अध्यक्षता २१ सदस्यीय युवा बाहुल्य टिम

कपन अनलाइनकपन एमालेले आफ्नो सातौं अधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ । कपन एमालेले निर्विरोधरुपमा आगामी कार्यकालका लागि युवा बाहुल्य नयाँ टिम चयन गरको छ । अध्यक्ष पदमा आउँदो कार्यकालका लागि पनि पुनः ध्रुवराज न्यौपानेलाई नै चयन गरियो भने उपाध्यक्षमा नवराज भट्टराई, सचिवमा हरिराम ढुंगाना र सहसचिवमा डेण्डी शेर्पासहित २१ सदस्यीय समिति बनेको छ । कपनको हिलिम पार्टी प्यालेसमा राति अबेर सम्पन्न अधिवेशनको बन्द सत्रमा विभिन्न प्रतिवेदनहरु पारित गरिएको थियो ।45605_10151606898105996_344573696_n
यसअघि चुनावी माहौलको झल्को दिने गरी प्रचार प्रसार तथा साजसज्जाका साथ सम्पन्न गरिएको अधिवेशनको खुल्ला सत्रमा कपनवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । जनता पार्टीहरुप्रति वितृष्णा जगाइरहेका भनेर भनिने गरिएको अवस्थामा घरघरबाट महिला बालबालिकासहित एमाले कार्यकर्ता कपन ३ स्थित ह्याण्डबल मैदानमा एकत्रित भएका थिए । तोकिएको समयभन्दा ३ घण्टा ढिलो सुरु गरिएको कार्यक्रममा एमालेका प्रभावशाली नेता के पि ओलीको भाषण सुन्नका लागि कांग्रेस तथा अन्य पार्टीका चिनिने व्यक्तिहरु पनि सभामा पुगेका थिए । उनले राष्टिय राजनीतिलाई सम्बोधन गर्दै एमाओवादीका कारण देश समस्यामा परेको र अब आउने निर्वाचनले उनीहरुलाई पाखा लगाउने बताए ।
खुल्ला सत्रलाई सम्बोधन गर्दै एमाले कपनका अध्यक्ष ध्रुवराज न्यौपानेले कपन एमालेमय रहेको र आउने चुनावमा झनै एमालेलाई जनताले पत्याउने किसिमले सांगठनिक र विकासका कार्यक्रम अगाडि बढाउने जानकारी दिए । कार्यक्रममा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीलगायतका थुप्रै नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।

तपाइँको प्रतिक्रिया ।