गोकर्णेश्वर नगरपालिकाको विकास योजना बनाउँदै जनप्रतिनिधि -१

गोकर्णेश्वर नगरपालिकाको विकास योजना बनाउँदै जनप्रतिनिधि -१

कपन अनलाइन

काठमाडौ १५ असार ।

गोकर्णेश्वर नगरपालिकाले नगर कार्यपालिकाको बैठक  गरि पुराना योजना तथा कार्यक्रमहरूलाई रद्द गरि नयाँ योजना तथा कार्यक्रम निर्माण गर्नका लागि वडाहरूलाई निर्देशन दिएको छ ।

पुराना वडा नागरिक मञ्चका संयोजक, नवनिर्वाचित जनप्रतिनिधि सहितको बैठकले नयाँ योजना तथा कार्यक्रमहरु निर्माण गर्न वडाहरुलाई निर्देशन दिए पश्चात वडाहरु योजना तथा कार्यक्रम निर्माणमा लागेका हुन ।

यसै क्रममा कपन अनलाइनले विभिन्न वडामा स्थगत रुपमा वडाध्यक्षहरूसँग योजना तथा कार्यक्रमको बरेमा कुराकानी  गरि यो सामग्री तयार पारेको छ । यसमा वडा नं ३,४,५,र ६ का योजना तथा कार्यक्रमहरूको विवरण प्रस्तुत गरिएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ को योजना तथा कार्यक्रम

यस वडामा रहेको तारेभीरलाई पर्यटन केन्द्रको रुपमा विकास गरी होम स्टे सञ्चालनमा ल्याउने वडा नं ३ को विशेष योजना रहेको वडा नं ३ का अध्यक्ष राजेन्द्र कुमार भण्डारीले बताएका छन् ।

वडा नं ३ का अध्यक्ष राजेन्द्रकुमार भण्डारी

त्यसका साथै यस वडामा प्रमुख योजना  बाटो विस्तार, निर्माण र मर्मतको योजना पनि छ । प्रमुख महत्वको रुपमा रहेका बाटोहरूमा गोकर्ण -डाडाफेदी, महांकाल-तारेभीर ( यो बाटोको टेन्डर आव्हान भइसकेको छ ), डाडाफेदी तारेभीर  बाटो, भण्डारी चोक – गाम्चा सडक , माइती नेपाल – वडा कार्यालय सम्मको सडक, कृषि सडक योजना (यसको टेन्डर भइसकेको छ तर ठेकेदार सम्पर्कमा नआएकोले ढिलाई भएको वडाले जनाएको छ ) जस्ता सडकहरु यो वडाको विशेष प्राथमिकतामा परेका छन ।

यस वडाको अर्को मुख्य चुनौती र समस्याको रूपमा खानेपानी रहेको छ । यसको समाधानका लागि वडाले आफ्नो क्षेत्र भित्रका स्रोतहरू पहिचान गरिसकेको छ । यस वर्ष ती  स्रोतबाट खानेपानीको विस्तार गरिने वडाले जनाएको छ ।

कहने पानीको लागि बाटुली सीमको मूल स्रोत ,स्यालमती खोलाको श्रोतलाई  उपयोग गरी वडाको सबै घरधुरीलाई  खानेपानी  उपलव्ध गराउने योजना वडाले बनाएको छ । खानेपानीको श्रोत अपुग भए डिप बोरिंग गरेर भएपनि यो समस्या समाधान गर्ने योजना वडा नं ३ को रहेको छ ।

अन्य लक्षित बर्गको बजेट तर्फ साना साना योजनामा टुक्रा बजेट खर्च नगरी एकमुस्ठ बजेट खर्च गर्ने  वडाको योजना छ । यसका लागि सबै पक्ष संग छलफल गरेर उत्पादन मुलक कार्यक्रम आयोजना गर्ने वडा नं ३ को योजना  छ ।

वडा नं ४  का योजना तथा कार्यक्रम

वडा नं ४ को बागमती किनारमा व्यवस्थित नगर क्षेत्र निर्माण गरी नमुना वस्ती बनाउने वडा नं ४ को प्रमुख योजना रहेको वडाध्यक्ष श्रीकुमार श्रेष्ठले बताए ।

वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ

वडा नं ४ ले यस वर्ष को बजेटमा बाटो निर्माण र विस्तारलाई विशेष जोड दिने बताएको छ । बाटो चौडा तथा विस्तार गर्न जनतालाई सचेत गराउने उत्प्रेरणाका कक्षाहरू सञ्चालन गर्ने योजना वडाको रहेको उनले बताए । यस्ता कक्षाहरू हरेक सम्बन्धित स्थानमा सञ्चालन गरिनेछ ।

यस वर्षको योजनामा प्राथमिकतामा पर्ने सडकमा ऐतिहासिक गोकर्णेश्वर पुरानो वस्ती जाने बाटो, तालिंग चोक रिंग रोड, उत्तर बाहिनी जने बाटो, नामग्याल चोकदेखि किसिगाल जाने बाटो , भैरव चौरदेखि सावित्रा देवी मन्दिरसम्म जाने बाटो ,पाटी दोभान जाने बाटोलगायत छन् ।

वडाको अर्को महत्वपूर्ण योजनामा बागमती किनारमा व्यवस्थित बसोवासको क्षेत्र बनाउने जसमा बिजुली तार पाइप आदिलाई भूमिगत बनाउने रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसका लागि योजना निर्माण थालिसकिएको छ, जसमा सरोकारवाला कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका सकारात्मक रहेको वडा कार्यालयले जनाएको छ ।

खानेपानीतर्फ सुन्दरीजलको आयोजनासँग कुरा गरिसकेको र त्यसको मर्मत र क्षमता वृद्धिका लागि पहल थालिएको जनाइएको छ ।

वडाले सार्वजनिक र पर्ति जग्गाको अभिलेख संकलन सुरु गरेको छ र त्यसको पूर्ण विवरण आइ सकेपछि योजना तर्जुमा गरिने बताएको छ ।यो वडा भित्रका यस्ता सबै जग्गा हाल साविकका लागि सम्बन्धित कार्यालयमा पत्राचार गरिसकेको जानकारी दिइएको छ ।

लक्षित वर्गतर्फ उत्पादनमूलक र दिगो प्रभाव राख्ने योजना निर्माण गरिरहेको वडाले जनाएको छ ।

त्यस्तै वडाको पिंगलास्थानमा खेल मैदान निर्माण गर्नुका साथै गोकर्णेश्वरमा बहु आयामिक खेलकुद कम्प्लेक्स निर्माण गर्ने वडा नं ४ को योजना अघि सारिएको छ ।

वडा नं ५   को योजना तथा कार्यक्रम

वडा नं ५ लाई स्वस्थ, सफा, धुलो र हिलोमुक्त अत्याधुनिक सञ्चार सुविधायुक्त वडा बनाउने प्रमुख योजना रहेको वडा अध्यक्ष नारायणबहादुर सुवेदीले बताए ।

वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदी

यो वडाका सडक मर्मत , विस्तार र निर्माण अर्को महत्वपूर्ण काम याेजना रहेको उनको भनाइ छ । सडकहरूमा ग्रिन भ्याली टोल, जम्बु डाँडा पछाडिको सडक, अर्वौतेश्वर मन्दिरदेखि जम्बु डाँडासम्मको सडक, भुतिया पोखरीदेिख इस्ट पोलबाट कोरिडोर जोड्ने सडक, सिद्धेस्वर मन्दिरदेखि अर्वौतेश्वर मन्दिर सडक प्रमुख प्राथमिकतामा परेका छन् ।

वडाको अर्को योजना फोहोर मैला व्यवस्थापन रहेको छ र य वडा आफैले यसको पहलकदमी लिनका लागि नगरपालिकालाई अनुरोध गरेको वडाले जनाएको छ, जसमा ठेकेदारको  निरीक्षण र परिचालन गर्न पाउनु पर्ने वडाले माग गरेको छ ।

खेलकुदको क्षेत्रलाई प्राथमिकतामा राख्दै वडाका नयाँ वस्ती युवा क्लब, जोरपाटी युवा क्लब र पृथ्बी युवा क्लबहरुलाई गतिविधिका लागी सकृय बनाउदै गतिविधि गर्न प्रेरित गर्ने योजनामा वडा नं ५ रहेको छ ।

लक्षित बर्गको बजेटले विगतमा सोचेअनुरुप परिणाम दिन नसकेको महसुस गर्दै यस पटक उत्पादनमूलक तालिमहरू आफ्नो प्रत्यक्ष निगरानीमा संचालन गर्ने वडा नं ५ ले कार्यक्रम बनाएको छ । यसका साथै जेष्ठ नागिरकका लागि ” जेष्ठ नागरिक दिवा सेवा केन्द्र ” सञ्चालन गर्ने विशेष योजना अघि सार्ने तयारीमा वडा रहेको छ ।

वडा नं ६ का योजना तथा कार्यक्रम

वडा नं ६ को आफ्नै कार्यालय भवन निर्माण गरी सेवा सञ्चालन गर्ने मुख्य योजना रहेको वडा नं ६ का अध्यक्ष रमेश अर्यालले बताए ।

वडा नं ६ का अध्यक्ष रमेश अर्याल

यसका साथै बाटो निर्माण,विस्तार र सुधार वडाको अर्को मुख्य  याेजना छ । यहाँका बाटोहरूमा चामुण्डा पछाडिको बाटो, कामनपा ६ को सिमानादेखि वडा नं ५ सम्मको बाटो, चामुण्डादेखि घिमिरे टोलसम्मको बाटोलाई प्राथमिकतामा राखेर कार्य सम्पन्न गर्ने वडाले जनाएको छ ।

यो वडामा रहेका पहिलाका राज कुलोहरूको खोज गरि अभिलेख तयार गर्ने काम वडाले सुरु गरेको छ भने अन्य बाटाको अवस्थाको अध्ययन पनि थालिएको छ ।

फोहोरमैला व्यवस्थापनका लागि वडा आफैले व्यवस्थापन गर्न पाउनका लागि नगरपालिका संग अनुरोध गरिसकेको र यसको प्रक्रियामा रहेको वडा कार्यालयले जानकारी दिएको छ ।

यसैगरी सडकलाई पानीमुक्त बनाउन वडावासीलाई अनुरोध गरेको वडाले बताएको छ ।

लक्षित वर्गका कार्यक्रमतर्फ प्रत्यक्ष रूपमा फाइदा पुग्ने कार्यक्रमहरु सञ्चालन गर्ने योजनामा वडा रहेको छ । यसमा उत्पादनमूलक कार्यक्रमहरुले प्राथमिकता पाउने छन् । युवालक्षित कार्यक्रम तर्फ खेलकुद र अन्य गतिविधि युवा भेला गरी सल्लाह गरेर तय गरिने वडाले जानकारी दिएको छ।

यस वडाको मुख्य समस्याको रूपमा रहेको ढल निकासलाई पुराना फेरि क्षमता वृद्धि  गर्ने र नयाँ व्यवस्था गर्ने योजना वडा नं ६ को रहेको छ ।यसका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र ढल व्यवस्थापन महाशाखासँग छलफल थालिएको जानकारी दिइएको छ।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।