“आशाको साथी नेपाल” बुनपा १२ को उदघोषण तालिम सम्पन्न

“आशाको साथी नेपाल” बुनपा १२ को उदघोषण तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौअसार १५ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा कृयाशील “आशाको साथी नेपाल ” नामक सामाजीक संस्था द्वारा आयोजना गरिएको उद्घोषण तालिमको समापन भएको छ ।  बुनपा १२ का अध्यक्ष शम्भु भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा  बुनपा १० का अध्यक्ष नवराज भट्टराई विशेष अतिथि रहेका थिए ।

बुनपाका कार्यपालिका सदस्य शान्ता ढकाल , बुनपा १२ का सदस्य पुरुषोत्तम नेपाल ,मिना बयलकोटी , प्राध्यापक मिना पराजुली , देवी रेग्मी ,अधिवक्ता सुजन लोप्चन ,बिन्दा गौतम लगायत को उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिनु का साथै प्रशिक्षकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

१० दिन सम्म चलेको उद्घोषण तालिमलाई बुढानिलकण्ठ नगरपालिकाले आर्थिक सहयोग गरेको थियो ।निर्मला दाहाल को अध्यक्षता मा भएको कार्यक्रम को संचालन नितिशा दाहाल र सजता पौडेलले गरेका थिए भने स्वागत मन्तव्य पुष्पा थापाले गरेकी थिइन ।

 

तपाइँको प्रतिक्रिया ।