निर्दलीय सरकार र जेठ १५ मा निर्वाचन गर्ने मा सहमति
काठमाडौ, २९ माघ । प्रमुख राजनीतिक दलले जेठ १५ गते सम्म संविधानसभाको निर्वाचन गर्ने गरि स्वतन्त्र ब्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्ने सहमति गरेका छन् । प्रमुख दलको आज बसेको शिर्ष बैठकमा दलहरुले स्वतन्त्र व्याक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्ने पनि सहमति गरेका हुन ।
बैठकपछि एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेठ १५ गते चुनाव हुने गरि सहमति जुटेको जानकारी दिए । उनले आजै साँझ राष्ट्रपतिसँग हुने छलफमाल ठोस निस्कर्ष आउन सक्ने बताए । दलहरुले साँझ ५ गते राष्ट्रपति डा रामबरण यादवसँग छलफलको समय तय गरेका छन् ।
प्रधानमन्त्री डा बाबुराम भट्टराईले जेठ १५मा संविधानसभाको चुनाव गर्ने गरि आज बेलुका सम्म सहमति जुट्ने विश्वास ब्यक्त गरे । बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री भट्टराईले आजको छलफललले सहमतिको धेरै आधार तय गरेको दावी गरे । चुनावमा दलहरु सहमत भएकाले सरकारको विषयमा पनि सहमति हुन्छ प्रधानमन्त्रीले भने । उनले पनि नेतृत्व कसले गर्ने भन्ने विषयमा भने ठोस सहमति बन्न नसकेको संकेत गरे ।
एकीकृत नेकपा माओवादीले अघि सारेको वाहालवाला प्रधानन्यायाधीस, स्वतन्त्र व्याक्ति वा पूर्व प्रधानन्यायाधीस भन्नेमा सहमति भइसकेको छैन । आज दिनभर दलहरुले त्यसमा आन्तरिक छलफल गरेपछि बेलुका थप छलफल गरेर निस्कर्षमा पुग्ने बताईएप्को छ । यसको लागि आजै काग्रेस र एमालेले आन्तरिक छलफलको लागि नेताहरुलाई बोलाएका छन ।
स्रोतका अनुसार बैठकमा प्रधानन्यायाधिसको नेतृत्वमा चुनावी सरकार गठन गर्ने विषयमा काग्रेसले एमालेले औपचारिक रुपमा असहमति राख्न सकेनन । उनीहरुले प्रधानन्यायाधिसलाई नेतृत्व दिए आउने कानूनी जटिलता र गर्नु पर्ने संबैधानिक ब्यवस्था लगायतका विषयमा बढी चासो राखेका थिए । सरकारको नेतृत्व गरेपछि प्रधानन्यायधिसले राजिनामा दिने कि नदिने दिदा आउने अवस्था र नदिदा आउने अवस्थाको विषयमा विपक्षीको चिन्ता थियो ।
स्रोतले भन्यो– विपक्षी नेताहरुले प्रधानन्याधिसको प्रस्तावमा असहमति जनाउनु भएको छैन । त्यसैले आज साँझ सम्ममा सोही विषयमा सहमति हुन्छ । तर पूर्व प्रधानन्यायधिसको प्रस्ताव भने बैठकमा आएको थियो ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको सेना समायोजन विशेष समितिको सचिवालयमा बसेको बैठकमा एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका नेताहरु वार्तामा सहभागि थिए ।