खाद्य उद्यमीको उद्भव
कपन अनलाइन
अन्तरराष्ट्रिय आलेख सेवा
क्रिश्टिन केम्निट्ज०
बर्लिन, ७ असार । व्यावसायिक कृषि क्षेत्रले लामो समयदेखि जलवायु परिवर्तन, वातावरणीय विनास र ग्रामीण गरिबी बढाउन भूमिका खेलेको भनी आलोचना खेप्दै आएको छ । अझपनि यस क्षेत्रले यथार्थमा गुणस्तर सुधारको दीगो समाधानका लागि वा सामाजिक न्यायलाई प्रोत्साहन गर्न कुनै कदम चालेको देखिदैन ।
यो आश्चर्यको बिषय होइन । विश्वमा ५७ करोड किसान बसोबास गर्छन् भने सात अर्व उपभोक्ता रहेका भएपनि हातमा गन्न सकिने कम्पनीले मात्र विश्वको व्यावसायिक कृषि संयन्त्रलाई नियन्त्रणमा राखेका छन् । यी कम्पनीहरूको व्यापक नाफा र विशाल राजनैतिक शक्तिका कारण यथास्थितिबाट परिवर्तन उनीहरूको हितमा हुदैन ।
यसका अतिरिक्त उर्जा उत्पादन, खाद्यान्न र वस्तुभाउको दानाका लागि कृषिजन्य कच्चा पदार्थको बढ्दो मागका कारण बजारको ध्यान कृषि क्षेत्रमा जाने क्रम बढ्दो छ । विश्वका दक्षिणी मुलुकमा मध्यमवर्गको जनसङ्ख्या बढ्ने क्रमसँगै यहाँका मानिसको खर्च गर्ने र पोषणको प्रयोग गर्ने बानीमा पनि परिवर्तन आएको छ र यसले तयारी खाद्यान्नको विश्व मागमा वृद्धि ल्याएको छ । तयारी खाद्यान्नको बढ्दो मागका कारण बहुराष्ट्रिय कृषि, रासायनिक र खाद्यान्न कम्पनीहरूको बजारको आवश्यकतालाई शक्तिशाली बनाएको छ ।
कृषि क्षेत्रका ठूला खेलाडीले आफ्ना साना प्रतिस्पर्धीलाई पछिल्लो समय किनिदिएका छन् । अहिले विल्कुल फरक क्षेत्रका लगानीकर्ताको आर्थिक सहयोगमा तिनीहरूले एकअर्कालाई किन्दैछन् ।
वीउ र कृषिजन्य कीटनाशक क्षेत्रलाई विचार गर्दा विश्वकै दोस्रो कीटनाशक विषादी उत्पादक कम्पनीले विश्वको सवैभन्दा ठूलो वीउ उत्पादक कम्पनी मोन्सान्टोलाई ७४ अर्ब अमेरिकी डलरमा खरिद गर्ने प्रक्रियामा छ । यदि यूरोपेली महासङ्घ ९इयू० र संयुक्त राज्य अमेरिकाले सम्भावित देखिएको सम्झौतालाई स्वीकृत गरेमा मात्रै तीनवटा बहुराष्ट्रिय कम्पनी, बायर–मोन्सान्टो, डौडुपोन्ट र केमचाइना–साइनगेन्टाले वीउ तथा कीटनासक विषादीको सम्पूर्ण विश्व बजारकोे ६० प्रतिशतभन्दा बढी भाग ओगट्ने छन् । ‘बायरसान्टो’ यस पृथ्वीमा एउटा मात्रै यस्तो कम्पनी हुनेछ जसले आनुवांशिक रूपमा सुधारिएको वनस्पतिको क्षेत्रमा लगभग पूरै हिस्सा ओगट्नेछ ।
अरु ठूला कम्पनीमा पनि विलयका घोषणा भएमा विश्वले सन् २०१७ को शुरुमा देखेको विश्व बजारभन्दा सन् २०१७ को अन्त्यसम्ममा विल्कुल फरक देख्नुपर्नेछ । विश्वका यी तीन बहुराष्ट्रिय कम्पनीले वीउ उत्पादन र विषादी बजारमा बर्चस्व कायम गर्ने आफ्नो आफ्नो लक्ष्यनजिक पुग्ने सफलता प्राप्त गर्नेछन् । त्यो अवस्थामा उनीहरूले खाद्यान्न उत्पादन, मुल्य, र गुणस्तरमा विश्वलाई शासन गर्न सक्षम हुनेछन् ।
कृषि प्रविधि क्षेत्रले वीउको क्षेत्रमा पनि माथि उल्लेख गरिएकामध्ये केही परिवर्तनको अनुभव गरिरहेको छ । विश्वका विभिन्न पाँच कम्पनीले विश्व बजारको ६५ प्रतिशत हिस्सा ओगटेका छन् । जोन डिरी ब्राण्डको ‘डिरी एण्ड कम्पनी’ पाँचमध्ये अग्रणी अवस्थामा रहेको छ । सन् २०१५ मा मोन्सान्टो र बायरले २५ अर्ब अमेरिकी डलरको वीउ र कीटनाशक विषादीको कारोबारलाई उछिन्दै डिरी एण्ड कम्पनीले २९ अर्ब अमेरिकी डलरको आफ्नो उत्पादन विश्वबजारमा विक्री गरेको बताइएको छ ।
आजका दिनमा खाद्यान्न कम्पनीलाई विल्कुल सौभाग्यशाली वा नयाँ मौका भनेको कृषिलाई अङ्किकरण गर्नुमा रहेको छ । यो प्रक्रिया अझै शुरुवाती चरणमा रहेको छ तर यसले गति लिइरहेको छ र अन्ततः यसले उत्पादनको सम्पूर्ण क्षेत्रलाई ओगट्नेछ । छिट्टै नै मानवरहित विमानले विषादी छर्नेकाम गर्नेछन् । वस्तुभाउलाई दुहुन, चलाउन र दाना खुवाउन ‘सेन्सर’ को प्रयोग गरिनेछ । ट्याक्टरलाई नियन्त्रण गर्न विश्व अवस्थिति प्रणाली ९जीपिएस० को प्रयोग गरिनेछ र माटोको गुणस्तर अनुसार एक विरुवा देखि अर्को विरुवासम्मको सर्वोत्कृष्ट दूरी निर्धारण गरी एपद्वारा चलाउन सकिने जोत्ने यन्त्र ९हलो०ले काम गर्नेछ ।
यी नयाँ प्रविधिको अधिकतम लाभ उठाउन विश्व बजारमा यस पहिले नै हावी भइसकेका बहुराष्ट्रिय कम्पनीले एक अर्कासँग सहकार्य गर्न शुरु गरिसकेका छन् । जोन डिरी र मोन्सान्टोले अहिले संयुक्त अभ्यास शुरु गरिसकेका छन् । माटो र मौसमको संगम ‘विग डाटा’, नयाँ कृषि प्रबिधि, बंशाणुगत रूपमा सुधारिएको वीउ, र कीटनाशक विषादीले यी कम्पनीलाई सम्पत्ती जोगाउन, प्राकृतिक साधनस्रोत जोगाउन, र बाली उत्पादनमा वृद्धि गर्न विश्वव्यापीरूपमा सघाउने छन् ।
तर जतिवेला यी सम्भावित भविष्यले विश्वका केही ठूला कम्पनीलाई सम्वृद्ध बनाउने सङ्केत देखाइरहँदा व्यवसायिक कृषिसँग जोडिएका वातावरणीय एवम् सामाजिक समस्यालाई भने सम्वोधन वा समाधान गर्न सक्ने छैनन् । खासगरी विश्वका दक्षिणी क्षेत्रका धेरै किसानले महङ्गा डिजिटल जमानाका मेसिनलाई चलाउने खर्च ब्यवस्थापन गर्न सक्ने छैनन् । ‘ग्रो अर गो’ भन्ने उक्तिलाई ‘डिजीटाइज अर डिसएप्पिएर‘ ले विस्थापित गर्नेछ । अमेरिकी गैर–सरकारी संस्था, इटिसी ग्रुपले यस पहिले नै आउने दिनको परिदृष्यबारे विचार ल्याइसकेको छ । इटिसीले विश्वका प्रमुख कृषि प्रबिधि कम्पनीको प्रतिकुल दिशातिर मोडिएको र यसले वीउ तथा कीटनाशक विषादी उत्पादक साना कम्पनीलाई खाइदिने त्यस विन्दुमा मात्रै केही कम्पनीले हामीले खाने सामग्रीको निर्धारण गर्नेछन् भनेको थियो ।
वास्तवमा सोही बजार–केन्द्रिकरणको समस्या कृषि व्यवसायीहरू र सुपरमार्केट्सजस्ता कुरामा पनि लागु हुन्छ । खाद्यान्न प्रकमण प्रक्रियाले विश्वव्यापी रूप लिन नपाए पनि विश्व बजारलाई युनिलिभर, डानोन, मोन्डेलिज र नेसल जस्ता बहुराष्ट्रिय कम्पनीले क्षेत्रीय बजारमा भने ठूलो हिस्सा ओगटिसकेका छन् । यी कम्पनीले ताजा वा अर्ध–तयारी खाद्य सामग्रीलाई सुविधायुक्त पूर्ण तयारी ‘फ्रोजन पिजा’, डब्वामा आउने तयारी सुप, र तयारी खानाले विस्थापित गर्दै राम्रो आम्दानी गरिरहेका छन् ।
आर्थिक रूपमा लाभदायी मानिने यो व्यवसायिक प्रणाली मोटोपन, मधुमेह र अन्य दीर्घरोगको कारक बन्ने प्रवल सम्भावना राख्छन् । योभन्दा अझ नराम्रो कुरा के भने मानव जीवनमा प्रचुरमात्रामा रोग निम्ताउने खाद्यान्न उत्पादन गरी मानव स्वास्थ्यमा पुग्ने असरको आंशिक भागेदार तिनै कम्पनीले बजारमा ‘स्वस्थ्य’, प्रोटिनयुक्त, भिटामिनयुक्त, जैविक ओमेगा थ्री बोसोरहित तयारी खानाको नाममा आफ्ना समानको विज्ञापन गरी आर्थिक आम्दानी गर्छन् ।
यसैवीच, यस्ता बहुराष्ट्रिय कम्पनीले बजारको शक्तिलाई किसान र मजदुरको श्रमको अवमुल्यन गर्दै विज्ञापनको भरमा आफ्नो प्रभावमा लिन सफल हुन्छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आइएलओ० मापदण्डले सवै श्रमिकका संगठन गर्ने अधिकार सुरक्षिति गर्छन् र दवावमुलक एवम् बालश्रम निषेध गर्नुका अतिरिक्त जातीय तथा लैङ्गिक विभेदलाई रोक्दछन् । तर श्रम कानूनको उल्लङ्घन सामान्य व्यवहार बनेको छ किनभने आइएलओका नियम लागुगर्ने कुरा प्राय कुल्चिदै आइएको छ । अधिकारका लागि सङ्घर्ष गर्ने ट्रेड युनियन सदस्यहरू लगातार सङ्कटमा पर्ने गरेका छन् वा जागिरबाट हटाइने वा मारिने सम्मका घटना पनि हुने गरेका छन् ।
यो प्रतिकुल वातावरणमा न्युनतम ज्याला, अतिरिक्त भुक्तानी र कार्यस्थलको सुरक्षा मानकलाई खुलारूपमा उपेक्षा गरिएका छन् र खासगरी महिला यसका समस्यामा पर्ने गरेका छन् । किनकि उनीहरूलाई सोही काम गर्ने पुरुषको तुलनामा कम ज्याला भुक्तानी गरिन्छ र प्राय उनीहरूलाई मौसमी वा अस्थायी जागिरमा नियुक्ति गरिन्छ ।
आज विश्वका असी करोड भोका मानिसमध्ये आधा साना किसान र कृषि क्षेत्रसँग जोडिएका छन् । यदि एकाध कम्पनी जुन कृषि क्षेत्रमा हावी भएका छन् उनीहरूलाई अझ शक्तिशाली बनाइयोे भने साना किसान र कृषि क्षेत्रसँग भाग्य जोडिएका मजदुरको भाग्य सुधार्न झनै मुश्किल पर्नेछ । रासस÷प्रोजेक्ट सिन्डिकेट ९अनुवादः दिलीप शर्मा० ९क्रिश्टिन केम्निट्ज हेनरिच बोल फाउण्डेसन अन्तर्राष्ट्रिय कृषिमामिला राजनीति अध्ययन विभागका प्रमुख हुनुहुन्छ ।०