कृषकले पाए अलँैची सुकाउने आधुनिक भट्टी
कपन अनलाइन
लमजुङ (बेँसीसहर), ३० जेठ । लमजुङका व्यावसायिक अलँैची कृषकले अलैँची सुकाउने आधुनिक भट्टी पाएका छन् । अलैँची व्यवसायी महासङ्घ लमजुङले जिल्लामा रहेका व्यावसायिक अलैँची कृषक समूहलाई २० वटा अलँैची सुकाउने भट्टी उपलब्ध गराएको हो ।
जिल्लाका विभिन्न स्थानका २० वटा अलैँची व्यवसायी समूहले अलँैची सुकाउने भट्टी पाएका हुन् । माग बढी भएकाले समूहगत रुपमा वितरण गरिएको अलँैची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष अजय तामाङले बताउनुभयो ।
अध्यक्ष तामाङका अनुसार जाली, रड, धुवाँजाने पाइप, मेन ड्रम गरी प्रतिसेट रु ७२ हजारको अलँैची भट्टी वितरण गरिएको छ ।
नेपाल व्यापार एकीकृत रणनीति कार्यक्रम (नितिस)को सहयोगमा अलैँची व्यवसायी महासङ्घ लमजुङले कृषक समूहलाई अलैँची सुकाउने सुधारिएको आधुनिक भट्टी उपलब्ध गराएको हो । रासस
तपाइँको प्रतिक्रिया ।