विद्यापति मैथिली सांस्कृतिक भवन शिलान्यास

कपन अनलाइन 

जनकपुरधाम, २९ वैशाख । मिथिला नाट्य कला परिषद्को नाट्यघर ‘विद्यापति मैथिली सांस्कृतिक भवन’को आज जनकपुरधाममा शिलान्यास गरिएको छ

सरकारी वकिल कार्यालयको उत्तरतर्फको गुठी संस्थानबाट भाडामामा लिइएको अढाइकट्ठा जग्गामा रु एक करोडको लागतमा सो भवन निर्माण गरिने योजना रहेको छ ।

सो भवनका लागि सरकारबाट रु २५ लाख र उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले संसदीय विकास कोषबाट रु पाँच लाख रकम सहयोग गर्नुभएको छ ।

साहित्यकार डा राजेन्द्र विमल, परिषद्का अध्यक्ष परमेश झा, पूर्व अध्यक्षहरू सुनिल मिश्र, सुनिल मल्लिक र मदन ठाकुरले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको थियो ।

नाट्यघर निर्माण भएपछि त्यसमा प्रत्येक दिन नाटक मञ्चन हुने योजना रहेको जनाइएको छ । रासस

तपाइँको प्रतिक्रिया ।