वडा नं १० मा नवराज भट्टराई झनै बलियो

कपन अनलाइन, काठमाडाैँ । वुनपाको सबैभन्दा धेरै मतदाता रहेको वडा नं. १० चुनावी प्रचार प्रसारमा सबै उम्मेदवारहरु दिलोज्यान फ्याँकेर लागेका छन् । घरदैलो, व्यक्तिगत भेटघाटसहित बिभिन्न गतिबिधिमा उम्मेदवारहरु लागेका छन् । सबैभन्दा ठूलो वडामा नगरपालिकाकै सबैभन्दा युवा उम्मेदवार बनेको एमालेका नवराज भट्टराईको विजयी अभियान झनै मजबुत बन्दै गएको छ । उर्जाशिल एवम् सक्षम युवा नेताका रुपमा नवराज भट्टराईलाई विपक्षी दलका चिनिएका मान्छेहरुसमेत लागेका छन् ।

धेरै मतदाता भएको वडा भए पनि नेकपा एमालेका वडा समन्वय कमिटिका अध्यक्ष भएर काम गरेका भट्टराई सरज मिजास र पार्टीगत परिधिभन्दा माथि गएर निर्णय गर्न सक्ने उम्मेदवारको रुपमा पनि परिचित भएका छन् । पत्रकारिता तथा विज्ञापन एजेन्सी र इभेन्ट म्यानेजमेन्टका क्षेत्रमा परिचित भएका युवा नेता भट्टराईका पक्षमा दिनप्रतिदिन माहौल बढ्दै गएको बताइएको छ । वडाभित्रका धेरै महिलावादी संस्थाहरु पनि खुलेर भट्टराइको पक्षमा हिँडेको देख्न पाइन्छ । वडा नं. १० मा भट्टराइसँग नेपाली कांग्रेसका श्याम डाेटेलले प्रतिष्पर्धा गर्दै छन् ।

भट्टराइले वडाको विकासका लागि अगाडि ल्याएको प्रतिबद्धता पत्रका कारण पनि उनी चर्चामा रहेका छन् । ठूलो आवादी भएको यो वडाको सबैभन्दा ठूलो समस्या भनेको खानेपानी भएकाले भट्टराईले खानेपानीका क्षेत्रमा विशेष राहत दिने प्याकेज प्रतिबद्धतापत्रमा ल्याएका छन् । यो बाहेक वस्ती व्यवस्थापन, सहज आगागमनको लागि उच्चस्तरी बाटाघाटासहित वातावरण र वडा कार्यालयबाट सेवाग्राहीलाई दिनमा हैन छिन्मा सेवा दिनेजस्ता जनतालाई छुने प्रतिबद्धतामा सबै वडावासी गोलबद्ध भएको अनुभूति स्वयम् नवराज भट्टराईले नै गरेका छन् । भट्टराइ भन्छन्, “जनताको यो अपार मायालाई ५ वर्षभित्र समुन्नत वडा नं. १० बनाएर गुन तिर्नेछु ।”

तपाइँको प्रतिक्रिया ।