राजु श्रेष्ठ चार हजार मतले अगाडि !
कपन अनलाइन, काठमाडाैँ । वुढानिलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार राजु श्रेष्ठ ३१ बैशाखमा हुने स्थानीय तह निर्वाचनमा विपक्षीभन्दा चारहजार मत बढि ल्याउने तयारी गरिरहेकाे प्रचारप्रसार संयाेजक कर्माछिरिङले शेर्पाले बताएका छन् । दैनिक घरदैलो तथा प्रचारप्रसारका बिभिन्न पक्षबाट जनतासामु पुगिरहेका राजु श्रेष्ठकाे विजय अभियानलाइ सजिलाे बनाउन नेका सभापति शेरबहादुर देउवा, स्वास्थ्य मन्त्री गगन थापालगायतकाे सहभागितामा भाेलि वृहत्त चुनाव प्रचारकाे कार्यत्रम हुँदै गरेकाे उनले जानकारी दिए । चार हजार मतभन्दा धेरै अन्तरले जित्ने प्रचारप्रसार संयोजक कर्माछिरिङले शेर्पाले बताए । कपन अनलाइनसँग कुरा गर्दै शेर्पाले विकासका गतिबिधिलगायत दीर्घकालिन ठूलाठूला अायाेजनाकाे पक्षमा नेपाली कांग्रेसले वुनपामा गरेको योगदानलाई जनताले सम्मान गर्ने बताए ।
नेपाली कांग्रेसले बुनपाको मेयरका लागि उठाएको राजु श्रेष्ठको सक्रियता, संघर्ष र लगनशिलताले नेपाली कांग्रेले ठूलो मतान्तरले जीत हासिल गर्ने शेर्पाले बताए । शेर्पाले नेपाली कांग्रेसले वुनपामा विजयपश्चात विश्वसम्पदा मार्ग, धार्मिक पर्यटन, खानेपानी, खेलकुद, वातावरणलगायतका क्षेत्रमा वस्तुपरक प्रतिबद्धतामा जनमत बाँधिएकाले राजु श्रेष्ठको बिजय सुनिश्चित भएको बताए ।
राजु श्रेष्ठको सामाजिक अभियान्ताकारुपमा पुर्याएको योगदान, राजनीतिक निरन्तरताका साथमा विकासवादी सोचले उनलाई प्रतिष्पर्धि अन्य उम्मेदवारभन्दा अगाडि बढाएको क्षेत्र नं. ४ कै चुनावी प्रचारप्रसार संयोजक रहेका शेर्पाले बताए । कपन अनलाइनसँग तीन पार्टीका चुनावप्रचार संयोजकहरुबीचको प्रत्यक्ष बहशमा भाग लिँदै शेर्पाले नेपाली कांग्रेस बोल्नभन्दा काम गर्न विश्वास गर्ने भएकाले वुनपाको विकासमा गगन थापाले पछिल्ला केही वर्षमा पुर्याएको अर्बाैँ बजेटका योगदानलाई जनताले आफ्नो भविष्य बनेको भनेर सोचेकाले पनि विजय सुनिश्चित रहेको बताए । प्रत्यक्ष कार्यक्रममा एमालका शान्तिराम ढुंगाना र माओवादी केन्द्रका डम्बर अधिकारीले आआफनो पार्टीका धारणा बताएका थिए ।