वुनपा १२ मा हनोहार युवाहरु थापा र नेपालबीच प्रतिष्पर्धा

कपन अनलाइन, काठमाडौँ । स्थानीय तह निर्वाचनमा हाम्रालाई हैन राम्रालाई छान्ने खाले कोशिस होला नहोल अझै निक्र्यौल हुन सकेको छ । राजनीतिक दलहरुले आक्कल झुक्कलरुपमा मात्र केही असल चेहरालाई टिकटको दिएको अबस्थामा यस्ता असल चेहरा पराजित हुने डर बढ्न थालेको छ । पार्टी र झण्डाका नाममा गलत व्यक्तिले पनि जीत हासिल गर्ने परम्पराबाट कति मुक्त होला वुढानिलकण्ठ नगरपालिका त्यो आफै पनि एउटा परीक्षा हो स्थानीय तह निर्वाचन २०७४ ।

वुनपा १२ यस्तै धर्म संकटमा छ । वुनपा १२ मा वडा सदस्य उम्मेदवार भएका नेपाली कांग्रेसका राजुविक्रम थापा र पुरुषोत्तम नेपालप्रति दुवै वडाभित्र सबैले आशा गरेका युवाहरु भए पनि यी फरक पार्टीबाट निर्वाचनमा होमिएका छन् । राजुविक्रम थापा नेपाली कांग्रेसबाट वडा सदस्यमा उठेका छन् भने पुरुषोत्तम नेपाल नेकपा एमालेबाट । एकअर्कामा मिल्ने साथीसमेत रहेका थापा र नेपाल खुल्ला पुरुष वडा सदस्यको दाश्रो नम्बरमा छन् । राजुविक्रम थापाको दुई रुख र पुरुषोत्तम नेपाल दुई सूर्य लिएर मैदानमा उत्रिँदा पार्टीले उठाएका सही उम्मेदवारहरुबीच हुने प्रतिष्पर्धाले कुनै एक हनोहार व्यक्ति पराजित हुने हो कि भन्ने डरमा सचेत वडावासी चिन्तित रहेका छन् ।

सामाजिक जीवन, बौद्धिक हैसियत, आर्थिक पारदर्शिता तथा सक्षमताका आधारमा यी दुई नै वडामा हुनुपर्ने भन्ने कोणबाट वडामा बहस चल्न थालेको छ । यस वडामा वडाध्यक्ष भने नेपाली कांग्रेसका होमनाथ तिमल्सिनाले जित्ने लगभग तय भएको बताइन्छ ।

तपाइँको प्रतिक्रिया ।