वुनपामा नेपाली कांग्रेसको सुनिश्चित बाटोतिर (फोटो फिचर)
कपन अनलाइन, काठमाडौँ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरू प्रचारप्रसारमा व्यस्त छन् । देशकै ठूलो नगरपालिकामध्ये एक वुढानिलकण्ठ नगरपालिकामा दलहरूले प्रचारप्रसार तीव्र र आक्रमक स्वरूपको बनिरहेको छ । वुनपामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रको चुनावी माहोल जोडदारमा रूपमा भैरहेको छ । यी तीन दलमध्ये शुरुदेखि नै यस नगरपालिकामा जीतको संभावना बढि भएको भनिएको राजु श्रेष्ठको चुनावी माडोल अन्यको भन्दा जीततिर उन्मुख भएको बताइन्छ ।
बुढानिलकण्ठ नगरपालिकाको सबै वडहरूमा नेका उम्मदवार राजु श्रेष्ठको पक्षमा घरघरबाट जनताहरू निस्किएका छन् । घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार राजु श्रेष्ठ तथा उनको टिमलाई फूलमाला, अबिर, टीकाले स्वागत भैरहेको छ । हेरौँ, हिजो २५ बैशाखमा वुनपाको वडा नं १२ मा भएको नेपाली कांग्रेसको चुनावी र्याली तथा घरघरबाट भएका स्वागतका केही फोटाहरू:
फोटो: सरोज बैजु(कपन अनलाइन)



























