चुनावी प्रचारप्रसारमा तिव्रता, वुनपा १० र १२ नवराजमय बन्दै
कपन अनलाइन, काठमाडौँ । स्थानीय तह चुनावको तिथि नजिकिँदै जाँदा पार्टीहरु जोशयुक्त प्रचारमा जुटेका छन् । वुनपाको चुनावी माहौल पनि प्रचारप्रचारमय भएको छ । प्रायः सबै उम्मेदवारले सामाजिक सन्जाललाई प्रचारप्रसारको माध्यम बनाएका छन् । फेशबुकमा भिडियो, फोटो, नारासहितका गतिबिधिलाई प्रचारप्रसार गर्दै दिनभर व्यस्त हुन थालेका छन् उम्मेदवारहरु ।
वुनपाको सबैभन्दा धेरै मतदाता भएको वडा नंं १० र १२ मा चुनावी माहौलले छोपेको छ । धेरै मतदाताहरु भएकाले यो वडामा दलहरु बढि खटेको देखिन्छ । वडा नं. १० भूगोलको हिसाबले पनि ठूलो भएकाले यस वडामा दिनभर खट्ने गरेको नेकपा एमाले वडाध्यक्ष उम्मेदवार नवराज भट्टराईले बताए । भट्टराइ यो वडामा प्रचारप्रसारमा माहौल निर्माणमा अन्य पार्टीभन्दा अगाडि देखिएका छन् ।
वुनपामा मतदातका आधारमा अर्काे ठूलो वडा १२ मा पनि चुनावी महौल तातिसकेको छ । यस वडामा संभावित विजेता भनेर आंकलन गरिएका अर्काे नवराज(होमनाथ तिमिल्सिना) को प्रचारप्रसार व्यापकरुपमा भैरहेको छ । सामाजिक संजाल वा अनलाइन पत्रिकामात्र हैन दैनिक ३ पटक घरदैलो भैरहेको छ । घरदैलोमा हिँड्दा चुनावी वातावरण झन् निश्चित जीततिर बढेको प्रचारप्रसार संयोजक सुनित चालिसेले बताए ।
यसैबीच वडा नं. ११ मा चुनावी प्रचारले गति लिन थालेको बताइएको छ । नेपाली कांग्रेसका अच्युत पौडेल र एमालेका राजु अधिकारीबीच हुने प्रतिष्पर्धाका लागि घरदैलो तथा सामाजिक सन्जालबाट चुनावी माहौल सिर्जना हुन थालेको छ । वुनपा मेयरका लागि नेपाली कांग्रेसका राजु श्रेष्ठ, एमालेका उद्धव खरेल र माओवादी केन्द्रका रविन अधिकारी चुनावी मैदानमा छन् तर वडामा मेयरको भन्दा वडाकै पदाधिकारीको माहौल बनिरहेको देखिन्छ ।