एमालेबाट वुनपा उपमेयरका ४ आकांक्षीमा देवी रेग्मी बलियो

कपन अनलाइन, काठमाडौँ । बुढानिलकण्ठ नगरपालिकामा स्थानीय निकाय निर्वाचनमा कसलाई उठाउने बारे पार्टीहरु आन्तरिक गृहकार्यमा छन् । माओवादी केन्द्रले आफ्ना उम्मेदवार घोषणा गरे पनि नेपाली कांग्रेस र एमालेले अझै उम्मेदवारहरु तोक्न सकेको छैन । पदभन्दा धेरै गुना बढि आकांक्षीहरुको भीडबाट उम्मेदवार निश्चित गर्न यी दुई पार्टीलाई सहज नभएको बताइन्छ । नेकपा एमालेले वुनपाका वडा उम्मेदवारमा भने सर्वसम्मत गरेको छ । आन्तरिक खिचातानीबीच वडामा  सर्वसम्मत गरिए पनि मेयर र उपमेयरका सबालमा सर्वसम्मत हुने सम्भावना कमजोर बनेको छ ।
बुढानिलकण्ठ  नगरपालिकामानेकपा  एमालेबाट ५ जनाको नाम मेयर पदका लागि  सिफारिस भएर माथिल्लो कमिटिमा गएको  छ । त्यसैगरी  उपमेयरमा ४ जना नाम सिफारिस भएको छ । बुनपा मेयर पदका लागि कुसुम कार्की, जयराम थापा, उद्धव खरेल, बालकृष्ण श्रेष्ठसहित ५ जनाको नाम सिफारिस गरिएकोमा कार्की र थापामध्ये एकले टिकट पाउने श्रोतले दावी गरेको छ । खरेल र श्रेष्ठले पनि आफ्नो दावीलाई मजबुत बनाउँदै अगाडि बढाई रहेको बताइन्छ । पाँचौ नाम मिठाराम अधिकारी भए पनि उम्मेदवार हुने सम्भावना नभएकोले उनी चर्चामा छैनन् । पूर्व गाविस अध्यक्षहरु ३ जनाको नाम सिफारिस हुँदा अधिकारीले आफ्नो नाम पनि पठाउन दवाव दिएकाले मात्र उनको नाम सिफारिस भएको बताइन्छ ।
बुढानिलकण्ठ नगरपालिकामा उपमेयर पदका लागि अझै खासै महत्वपूर्ण चर्चा परिचर्चा हुन सकेको छैन । उपमेयर पदमा महिलाहरु उठ्ने निश्चित भएको अवस्थामा नेकपा एमालेले ४ जना महिला नेतृहरुको नाम माथिल्लो कमिटिमा पठाइएको छ । यसरी सिफारिस हुनेहरुमा देवी रेग्मी, सुशिला सिलवास, विन्दा गौतम र रमा राई रहेका छन् । सिफारिस भएकामध्ये देवी रेग्मीको सम्भावना बलियो रहेको श्रोतको दावी छ । एमाले श्रोतका अनुसार रेग्मीको पार्टीभित्रको लामो सक्रियता तथा महिला अधिकार तथा सामाजिक परिचालनको क्षेत्रमा गरेको योगदानले अन्य नेतृको तुलनामा बलियो बनाएको छ  । वुनपा १० निवासी देवी रेग्मी महिला सामाजिक कार्यकर्ताका रुपमा यस क्षेत्रमा विशिष्ट योगदानसहित लोकप्रिय पनि रहेकी छिन् ।
पार्टीभित्रको पहुँचका हिसाबले पनि रेग्मी अन्य प्रतिष्पर्धिभन्दा बलियो मानिन्छ भने लोकप्रियता र सक्रियताको हिसाबमा पनि उनी अब्बल मानिन्छ । नेकपा एमालेले उपमेयरका लागि सिफारिस गरेका ४ जना महिला नेतृहरु वुनपा १० कै निवासी हुन् ।

तपाइँको प्रतिक्रिया ।