माओवादी केन्द्रका रविन अधिकारी र टिमका घोषणा सभा ९ गते

कपन अनलाइन, काठमाडौँ । बुनपामा एकमात्र विकासवादी छविका कारण चर्चामा रहेका माओवादी केन्द्रका रविन अधिकारीको उम्मेदवारी घोषणासभा बैशाख ९ गते हुने भएको छ । माओवादी केन्द्रले वुनपाको सबै वडाबाट वडासदस्य, वडाध्यक्षसहित मेयर र उपमेयर उम्मेदवार घोषणा तथा प्रतिबद्धतापत्र घोषणा गरिनेछ । ९ गते गोल्फुटार फुटबाल मैदानमामा हुने घोषणासभापश्चात माओवादी केन्द्रले बिधिवत उम्मेदवारका लागि मत माग्ने तयारीमा जुटेको छ ।

 
वुनपामा माओवादी केन्द्र रक्षात्मक अवस्थामा छ । पार्टीका बिभिन्न चरणका विभाजन तथा निस्क्रियताले कमजोर बनेको माओवादी रविन अधिकारीको प्रवेश र सक्रियताले ज्यूँदो अनुभूति गरिरहेको बताइन्छ । रविन अधिकारीको स्पष्टतावादी तथा विकासवादी सोचका कारण पार्टी रक्षात्मक अवस्थामा पुगे पनि मेयर पदको लडाइँमा उनी मजबुत मानिन्छन् । मतदाताको ध्यान रविन अधिकारीतिर रहेको चारैतिर चर्चा छ ।

 
बुनपा बनेपछि रविन अधिकारीले सहजीकरण समितिमा बसेर विकासका लागि मरिमेटेर काम गरेको कुरा यो चुनावमा भजाउने बेला आएको एक माओवादी नेताले कपन अनलाइनलाई बताए । रविनको सक्रियताका अगाडि यस भेकका अरु माओवादी केन्द्रका नेताहरु पनि नतमस्तक बनेको ती नेताले बताए । काम गर्नेको अगाडि अरु सब फिक्का हुने अनुभव ती नेताले गरे ।

 
बुनपामा माओवादी केन्द्रबाट रविन अधिकारी र सम्भवतः नेकाबाट राजु श्रेष्ठ र एमालेबाट कुसुम कार्कीले टिकट पाउने बताइन्छ । रविनसँगै राजु र कुसुमबीचको मेयर पदका लागि हुने चुनावी प्रतिष्पर्धालाई बुनपावासी प्रतिक्षारत छन् ।

तपाइँको प्रतिक्रिया ।