वडा नं ८ मा सुरेश केसीले समर्थन गरेको भन्दै वडाध्यक्षको दावी गर्नेहरू बढे

कपन अनलाइन, काठमाडौं ।  स्थानिय निकायको निर्वाचन मिति घोषणासँगै स्थानिय तहका उम्मेदवारका आकांक्षीहरु बढेका छन् । २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा युवाहरुको आकर्षण निक्कै बढेको पाइन्छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसकै तर्फबाट आधा दर्जन जतिले वडाअध्यक्षको दाबेदारी राखिरहेको बताइएको छ ।

 

 

पछिल्लो समाचार अनुसार यस वडामा नेपाली कांग्रेसका तर्फबाट बिजेता हुन सक्ने भनिएका सुरेश केसीले यसपाला चुनाबमा भाग नलिने अभिमत जाहेर गरेको हल्ला चलेको छ । तथापि केसीले आधिकारिकरूपमा यसबारे बोलेका छैनन् ।   यसअघि वडाअध्यक्षको दाबी गरेका सुरेश केसीले सुरेन्द्र बरुवाललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको बरुवालले जनाएका छन् । बरुवाल बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० का पूर्व इकाइ सभापति रहिसकेका छन् । उनी २०४७ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताइन्छ ।

 

यसैगरी सुरेन्द्र बरुवालजस्तै हाल ईकाई सभापति गोकुल बरुवालले सुरेश केसीले आफूलाई वडाध्यक्ष छाडेको बताउँदै टिकटको दावी गरेका छन् । बुनपाको साविक २ वटा वडा मिलाएर वडा नम्बर ८ बनाइएको हो  । यस वडामा  प्रमोद अधिकारी र  सानु श्रेष्ठले पनि आफ्नोतर्फबाट उम्मेदवारी घोषणा गरिसकेका छन् । सबै जना २०४८ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय भएको बताइन्छ ।

तपाइँको प्रतिक्रिया ।