बुनपा वडा नं. १० को वडाध्यक्षमा राप्रसाद लुइँटेलको दाबी, डोटेललाई धक्का !

कपन अनलाइन, काठमाडौँ । नेपाली कांग्रेस क्षेत्र नं. ४ का सदस्य रामप्रसाद लुइँटेलले बुनपा १० को वडाध्यक्ष दावी गरेका छन् । चिरपरिचित र लोकप्रिय छविका लुइँटेल नेकाको तेह्रौँ महाधिवेशनमा सर्वाधिक मत ल्याएर क्षेत्रीय प्रतिनिधि बनेका थिए ।

 
वडा नं. १० मा लुुँइटेलको दावीसँग नेका वडा सभापति रहेको श्याम डोटेलले दावी कमजोर बन्न सक्नेछ । नेका क्षेत्रीय सभापति राजु श्रेष्ठ र जिल्ला सभापति सबुजकृष्ण बानियासँग नजिकको सम्बन्ध रहेका रामप्रसाद लुइँटेलको दावी हुनु श्याम डोटेलका लागि अप्ठेरो मानिएको छ । यस वडामा नारदमणि घिमिरेले वडाध्यक्षमा दावी गरेका थिए । घिमिरे पनि यस वडामा राम्रो जनाधार भएका व्यक्ति मानिन्छन् । घिमिरेको दावीले पहिलै नै समस्यामा रहेका डोटेललाई लुइँटेलको यो दावीसँगै अर्काे धक्का लागेको छ । लुइँटेलको लोकप्रियता र पहुँचमात्र हैन विकास केन्द्रित छविलाई पनि धेरैले वडाध्यक्षको टिकेट पाउनेमा सहज बनाउने बताउने गरेका छन् ।

 
वडा सभापति डोटेलको वडाध्यक्ष उम्मेदवार हुने सम्भावना क्षेत्रीय सदस्य रामप्रसाद लुइँटेलको दावी सँगै कमजोर भएको बताइएको छ । लुइँटेलले आफू चुनाव केन्द्रित गतिबिधिमा केन्द्रित भैसकेको कपन अनलाइनलाई बताए ।

तपाइँको प्रतिक्रिया ।