मेची महाकाली राष्ट्रिय अभियान प्रदेश नं २ तर्फ
कपन अनलाइन
इनरुवा ९सुनसरी०, २३ फागुन । नेकपा ९एमाले०को मेची महाकाली राष्ट्रिय अभियान प्रदेश नं १ मा पूरा भई आज प्रदेश नं २ तर्फ लागेको छ ।
इनरुवामा आयोजित जनसभामा एमालेका शीर्षनेताहरु सहभागी भई सप्तरीको राजविराजतर्फ लाग्नुभएको हो । सभामा एमाले नेता लालबाबु पण्डितले संविधानको विरोधमा आउने कुनै पनि शक्तिसँग सामना गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।
नेत्री भगवती चौधरीले संविधानमा समावेशिताका सम्पूर्ण विषय रहेकाले अहिले संशोधनभन्दा निर्वाचनतिर जानुपर्ने बताउनुभयो ।
पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहितको केन्द्रीय टोली अभियानमा सामेल छ । सभा सुरु हुनुपूर्व मधेसी मोर्चाका केही कार्यकर्ताले विरोध प्रदर्शन गरे पनि शान्तिपूर्ण रुपमा सभा सम्पन्न भएको थियो । रासस
तपाइँको प्रतिक्रिया ।