सन्तोष भण्डारी र महेश केसीले वडाध्यक्षको दावी गरे
कपन अनलाइन, काठमाडौँ । नेता नै नेता भएको वडा भनेर चिनिने बुनपा ११( पहिलाको वडा नं. १३, १८ र १९) मा नेकाका स्थानीय नेताहरुको भविष्यको बारेमा चर्चा चलिरहेको बेला युवा नेता सन्तोष भण्डारीले वडाध्यक्षमा आफ्नो दावी रहेको बताएका छन् । तत्कालिन वडा नं. १९ मा नेकाका इकाई सभापतिमा पराजित भएका भण्डारी बिद्यार्थी राजनीतिमा लामो समय सक्रिय थिए । कानुन व्यवसायीसमेत रहेका भण्डारीले पशुपति टाइम्स भन्ने डिजिटल पत्रिकासमेत संचालन गरिरहेका छन् । अबको राजनीति युवाहरुले गर्नु पर्ने उनी बताउँछन् ।
यसै वडामा वडा नागरीक मञ्चका संयोजक रहेका महेश भण्डारीले आफू स्वतन्त्ररुपमा वडाध्यक्ष पदमा उठ्ने बताएका छन् । सामाजिक तथा धार्मिक गतिबिधिमा समेत सक्रिय रहेका केसी राष्ट्रियस्तरका खेलाडीसमेत हुन् । वडााको विकासमा नागरीक वडा मञ्चबाट आफूले गरेको गतिबिधिले विकासका खाकासहित वडाध्यक्षलागि प्रचारप्रसारमा लाग्ने योजनामा छन् केसी ।