चुनाबको पूर्वसंध्यामा बुनपामा वडा कटौतीको मारमा नेपाली कांग्रेस

कपन अनलाइन, काठमाडौँ । कपन क्षेत्रमा नेपाली कांग्रेसका नेताहरु भनेर चिनिने दिग्गज नामहरु बुनपाको वडा कटौती पश्चात एउटै वडामा परेका छन् । यसरी एउटै वडामा धेरै नेताहरु परेपछि कतिपय नेताहरुको राजनीतिक भविष्य सकिने अवस्थामा पुगेको छ । कपन कांग्रेसमा चिनिएका पुराना नामहरु आत्माराम पौडेल, रामकृष्ण केसी, अच्युत पौडेल, विनोद चालिसे, शशि शर्मा, राधेश्याम कार्की, दिलिप खत्रीलगायतका नेताहरु एउटै वडामा परेपछि पार्टीगत र स्थानीय निकायमा सबैको उपस्थिति नहुने देखिएको छ । यसरी धेरै नेता भएका वडाहरु एकै भएपछि उल्लेखित नेताहरु आफ्नो भविष्य बारे चिन्तित भएका छन् ।

 
पूर्व गाविस अध्यक्ष तथा हाल नेका महासमिति सदस्यसमेत रहेका आत्माराम पौडेलले नगरपालिकामा मेयरको दावी गरेका बताइए पनि उनले मेयर पद पाउने सम्भावना न्यून मानिन्छ । नगरपालिका सहजीकरण समितिमा रहेका राजाराम बुढाथोकीलाई नगरपालिकाको मेयरको रुपमा हल्ला भैरहेको छ । नेका क्षेत्रीय सचिव रहेका विनोद चालिसे पनि बुनपाको मेयर पदका आशावादी व्यक्तिमध्येमा पर्दछन् ।

 

त्यसैगरी अच्युत पौडेललाई नयाँ बनेका वडाको वडाध्यक्ष बनाउन सक्ने सम्भावना रहनु बाहेक बाँकी नेताहरुको नामको पछाडि कहाँ पुग्ने कुरा पत्तो छैन । यसरी कहाँ कुन पदमा के माग्ने भन्ने पत्तो नभएकामध्ये बुनपा अनुगमन समितिमा रहको रामकृष्ण केसी पनि रहेका छन् । नेका नेता प्रकाशमान सिंह निकट बताउने केसीले स्थानीय निकाय चुनावमा कुनै रोलको दावीसमेत गरेका छैनन् । वडा गाभिनु अघि वडा नं. १३ र १८ का सभापति रहेका दिलिप भट्टराई र राधेश्याम कार्कीसहित पूराना नेता शशिप्रसाद शर्माको भविष्य पनि अन्यौलमा परेको छ । एउटा वडामा धेरै नेता रहनुको समस्या नेका महाधिवेशन सम्म पर्ने देखिन्छ ।

 
बुनपाका तत्कालिन वडाहरु १३, १८ र १९ गाभिनुले नेकालाई आन्तरिक राजनीतिमा समस्या देखिए पनि नेकपा एमालेलाई भने सजिलो भएको बताइएको छ । तत्कालिन वडाहरु १८ र १९ मा नेका बलियो मानिन्थ्यो भने १३ वडा एमालेलाई बलियो मानिएको अवस्थामा यी तीन वडा एक हँदा एमालेको अवस्था राो भएको बताइन्छ । एमाले क्षेत्रीय सचिव ध्रुवराज न्यौपानेले यो वडामा वडाध्यक्ष हुने चर्चा चलिरहेको छ । यदि एमालेबाट न्यौपानेले वडाध्यक्षमा आफूलाई टिकट लिन चाहे भने उनको टिकटलाई कसैले आपत्ति नजानउने समेत बताइन्छ ।

तपाइँको प्रतिक्रिया ।