कर्मचारीले स्थानीय निकायलाई गरेको बन्दले जनसमान्यले सास्ती पाए

कर्मचारीले स्थानीय निकायलाई गरेको बन्दले जनसमान्यले सास्ती पाए

कपन अनलाइन, काठमाडौँ /सम्पादकीय 

स्थानीय निकायका कर्मचारीहरुले केही मागहरु राखेर गाविस नगरपालिकालगायतका निकायहरु ठप्प पारेको एकसाता बित्न लाग्दा पनि खुल्न  नसक्सदा जनसामान्यले सास्ती पाएका छन् । जिविस र नगरपालिका बन्द हुँदा अहिले दैनिक विभिन्न सरकारी कामको सेवा लिन जाने सोवाग्राही जनता भने सम्बन्धित कार्यालयमा पुगेर रित्तै फर्कन परेको छ ।सुरुमा हातमा कालोपट्टि बाँधेर विरोध जनाएर आफ्नो माग राख्दै आएका स्थानीय निकायका कर्मचारी अहिले दैनिक कार्यालय नै बन्द गराएर आन्दोलनमा उत्रेका छन् ।

 

स्थानीय निकायअन्तर्गत जिल्लाका नगरपालिका, जिविस र गाविसका समेत रहँदै आएका अस्थायी र करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने र अन्य सेवासुविधाको समेत राज्यले व्यवस्था गर्न पर्ने १३ बुँदे माग रहेको छ ।

 

स्थानीय निकायमा कार्यरत कर्मचारीहरु स्वेच्छाचारिताको धेरै समाचारहरु प्रकाशित भैरहेको बेला सेवा सुविधा पुगेन भन्ने नाममा जनसमान्यलाई दिएको दुःख आफैमा न्यायसंगत छैन । जनताका काम करिब १ सातादेखि नगरी घाम तापेर बसेका कर्मचारीहरु देखिएको जनताप्रतिको गैरजवाफदेहिता खेदयुक्त छ ।मागलाई प्रस्तुत गर्ने अरु भिन्न पक्षहरु अगाल्न सकिने अवस्थामा यसरी १ सातादेखि काठमाडौंजस्तो व्यस्त र समस्याग्रस्त जीवनमा स्थानीय निकायलाई बन्द गर्नु काम तत्काल बन्द गरिनु पर्छ । कर्मचारी र उनीहरु सम्बन्धित ट्रेड युनियनले यो विषयमा तत्काल सोच्नु आवश्यक छ ।

तपाइँको प्रतिक्रिया ।