फागुन ६ गते कपन ह्याण्डबल चौरमा लोकनृत्य प्रतियोगिता तथा खेलाडि सम्मान कार्यक्रम
कपन अनलाइन, काठमाडौँ । प्रजातन्त्र दिवसको अवसरमा फागुन ६ गते कपनको ह्याण्डबल चौरमा उपत्यकाव्यापी लोकनृत्य प्रतियोगिता आयोजना हुन लागेको छ । कार्यक्रममा प्रजातन्त्रका सेनानी गणेशमान सिंहको स्मृतिमा हुन लागेको हो । उपत्यकाव्यापी लोकनृत्य प्रतियोगिता यो वर्ष कपनको ह्याण्डबल चौरमा हुन लागेको कार्यक्रम संयोजक बद्री भट्टराइले कपन अनलाइनलाई बाताए ।
भट्टराइकै संयोजकत्वमा गतसालदेखि हुँदै आएको लोक नृत्य प्रतियोगितालाई काठमाडौँ खेलकुद समाजले प्रस्तुत गर्ने गरेको छ । कार्यक्रममा यसपाला खेलाडी सम्मानसमेत थपेर गहकिलो बनाइएको छ । जिखेविस काठमाडौँले यस कार्यक्रमलाई सहयोग गरेको छ । त्यसैगरी बुढानिलकण्ठ नगरपालिका, रिलायन्स एजुकेसनल नेटवर्क, जोसेफ मावि र नेबिसंघ काठमाडौँ जिल्लाले पनि कार्यक्रमलाई सहयोग गरेको छ ।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा काठमाडौँ जिल्लाबाट सहभागि भई बिजेता रहेका करिब ८ दर्जन खेलाडीलाई सम्मा गरिने संयोजक भट्टराइले बताए । उद्घाटन तथा समापनमा छुट्टाछुट्टै प्रमुख अतिथि बनाएर कार्यक्रमलाई भव्यता दिने प्रयास गरिएको छ । कार्यक्रमको उद्घाटमा शान्ती मन्त्री सितादेवी यादव प्रमुख अतिथि बन्नेछिन् । कार्यक्रमको समापन गणेशमान सिंहका पुत्र तथा नेका नेता प्रकाशमान सिंहले गर्नेछन् । कार्यक्रममा अन्य सांस्कृतिक प्रस्तुती पनि रहने संयोजक भट्टराईले बताए ।