पोखरामा माघेसङ्क्रान्ति महोत्सव

कपन अनलाइन 

पोखरा: माघेसङ्क्रान्तिको अवसरमा राष्ट्रिय परोपकार महासङ्घ, नेपालको आयोजनामा यही पुस २७ गतेदेखि माघ ४ गतेसम्म पोखरामा श्रीमद्भागवत माघेसङ्क्रान्ति महोत्सव हुने भएको छ ।

महोत्सव पोखरा उपमहानगरपालिका– १५, ढुङ्गेसाँघुस्थित परोपकार आश्रममा हुनेछ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष भागवत भाष्कर पण्डित कमलनयन गौतमले असहायको सहयोगका साथै प्रकृति संरक्षणलगायतका विभिन्न अभियानलाई साकार पार्न महोत्सवको आयोजना गरिएको बताउनुभयो ।

प्राचीन कालदेखि माघेसङ्क्रान्तिका अवसरमा प्राकृतिक पुल ढुङ्गेसाँघुमा लाग्ने मेलाको जगेर्ना गर्नु पनि उद्देश्य रहेको बताउँदै उहाँले महोत्सवमा कास्की र आसपासका जिल्लाका भक्तजनको सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो । सङ्घका केन्द्रीय अध्यक्ष्य कृष्णप्रसाद बाँस्तोलाले विभिन्न अभियान सञ्चालन गरी महासङ्घले सामाजिक उत्तरदायित्व बहन गर्दै आएको बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।